Banijya News

समाचार

एडिबिएल स्मार्ट प्लस एपमार्फत डिसहोमका सेवा नवीकरण हुने

एडिबिएल स्मार्ट प्लस एपमार्फत डिसहोमका सेवा नवीकरण हुने

कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू सजिलै नवीकरण गर्न पाउने भएका छन् । […]

नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकमले सात अर्ब नाघ्यो

नेप्से दोहोरो अंकले वृद्धि, कारोबार रकमले सात अर्ब नाघ्यो

नेप्से परिसूचक आज बुधबार दोहोरो अंकले बढेर बन्द भएको छ । हिजो मंगलबार करिब स्थिर रहेको नेप्से बुधबार ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंक बढेको छ । १३…


  • ज्योति समूहको कर्जा प्रयोगमाथि महालेखाको प्रश्न

    ज्योति समूहको कर्जा प्रयोगमाथि महालेखाको प्रश्न

    ज्योति समूहका अध्यक्ष डा. रूप ज्योति र उनीसँग सम्बद्ध कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको प्रयोगबारे महालेखापरीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ । प्रतिवेदनले कर्जा तोकिएको व्यावसायिक प्रयोजनभन्दा फरक क्षेत्रमा परिचालन भएको विषयमा थप अनुसन्धान गर्नुपर्ने औँल्याएको हो । महालेखापरीक्षकको प्रतिवेदनअनुसार समूहसम्बद्ध कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ठूलो परिमाणको…

  • ग्यास कारोबारमा भ्याट बिल अनिवार्य, उपभोक्ता ठगी रोक्न निगमको पहल

    ग्यास कारोबारमा भ्याट बिल अनिवार्य, उपभोक्ता ठगी रोक्न निगमको पहल

    खाना पकाउने एलपी ग्यासको कारोबारलाई पारदर्शी, सुरक्षित र उपभोक्तामुखी बनाउन नेपाल आयल निगमले ग्यास खरिद–बिक्रीमा भ्याट बिल अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । निगमको उक्त निर्णयलाई ग्यास बिक्रेता महासंघ नेपालले स्वागत गर्दै पूर्ण ऐक्यबद्धता जनाएपछि अब ग्यास कारोबारमा बिल जारी गर्ने र उपभोक्ताले बिल लिएर मात्रै खरिद गर्ने अभ्यासलाई…

  • औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनमा नयाँ नियम, जग्गा भाडा हरेक वर्ष पाँच प्रतिशत बढ्ने

    औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनमा नयाँ नियम, जग्गा भाडा हरेक वर्ष पाँच प्रतिशत बढ्ने

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन, जग्गा तथा भवन भाडामा लिने र स्वामित्व परिवर्तन गर्नेसम्बन्धी व्यवस्था कडा बनाउँदै नयाँ विनियमावली लागू गरेको छ । ‘औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन विनियमावली, २०८३’ ले बहालदर वृद्धि, सम्झौता अवधि, जग्गा तथा भवन वितरण, उद्योगको प्राथमिकता र नियम उल्लंघनमा हुने कारबाहीसम्बन्धी व्यवस्थालाई…

  • तिहारमा फूल र मालाको कारोबार ६४ करोड नाघ्ने अनुमान

    तिहारमा फूल र मालाको कारोबार ६४ करोड नाघ्ने अनुमान

    यस वर्षको तिहारमा नेपालमा फूल, माला र गमलाको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अनुसार तिहारमा ४८ करोड रुपैयाँबराबरका विभिन्न फूलका माला तथा १६ करोड ५० लाख रुपैयाँबराबरका फूलका पोली र गमलाको बिक्री हुने प्रक्षेपण गरिएको हो । फ्यानका अध्यक्ष…

  • सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन छुट्टै इजलास गठन गरिने

    सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन छुट्टै इजलास गठन गरिने

    सहकारी ठगीका कारण बचत गुमाएका पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले सर्वोच्च अदालतले सहकारीसम्बन्धी मुद्दाको सुनुवाइलाई प्राथमिकता दिने व्यवस्था अघि बढाएको छ । मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा छुट्टै इजलास गठन गरी सुनुवाइ गर्ने र अन्य अदालतमा समेत यस्ता मुद्दालाई प्राथमिकताका साथ टुंग्याउने निर्णय गरिएको हो । प्रधानन्यायाधीश मनोजकुमार शर्माको…

  • भोटेकोशी बाढीको बीमा दाबी २० अर्ब ९० करोड माथि, भुक्तानी ८२ करोड मात्रै !

    भोटेकोशी बाढीको बीमा दाबी २० अर्ब ९० करोड माथि, भुक्तानी ८२ करोड मात्रै !

    गएको भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका भौतिक संरचना, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख रुपैयाँ नाघेको छ । बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित उक्त रकम बराबरको दाबी फछ्र्योट गरेका हुन् । तर, बाढीबाट भएको क्षतिबापत परेको कुल प्रारम्भिक…

  • कोप–३१ मा नेपालको जलवायु संकट उजागर गर्न विशेष प्याभिलियन बनाइने

    कोप–३१ मा नेपालको जलवायु संकट उजागर गर्न विशेष प्याभिलियन बनाइने

    नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका विपद्, त्यसबाट परेको प्रभाव र चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । यसका लागि आगामी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा विशेष प्याभिलियन स्थापना गर्ने विषयमा संयुक्त राष्ट्रसंघसँग सहकार्य र सहयोगबारे छलफल भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी…

  • शाखा बन्द गरेर खर्च घटाउँदै एनआईसी एसिया बैंक, ग्राहकलाई भने सास्ती

    शाखा बन्द गरेर खर्च घटाउँदै एनआईसी एसिया बैंक, ग्राहकलाई भने सास्ती

    कुनै समय आक्रामक व्यावसायिक विस्तार र देशभर शाखा सञ्जाल फैलाएर ग्राहक आकर्षित गरेको एनआईसी एसिया बैंक अहिले शाखा कार्यालय धमाधम बन्द गर्ने रणनीतिमा अघि बढेको छ । सञ्चालन खर्च घटाउने र वित्तीय अवस्थामा सुधार ल्याउने उद्देश्यले बैंकले शाखा समायोजनलाई तीव्रता दिइरहँदा ग्राहकले भने सहज बैंकिङ सेवाको सट्टा झन्झट बेहोर्नुपरेको गुनासो…

  • Default Image

    हिम पावर हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो प्राथमिकता

    हिम पावर हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको हो। यी दुवै समूहका लागि सेयर बाँडफाँट प्रक्रिया सम्पन्न भएपछि कम्पनीले बाँकी सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। कम्पनीले आफ्नो…

  • मलेसियाले अस्वीकार गर्‍यो सबै नेपाली म्यानपावरलाई कामदार पठाउन दिने नेपालको प्रस्ताव

    मलेसियाले अस्वीकार गर्‍यो सबै नेपाली म्यानपावरलाई कामदार पठाउन दिने नेपालको प्रस्ताव

    मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई आफ्नो देशमा कामदार पठाउन अनुमति दिने नेपाल सरकारको प्रस्ताव अस्वीकार गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पत्र पठाउँदै सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिने स्पष्ट पारेको हो। मलेसियाका मानव संसाधन मन्त्री दातो…

Scroll to Top