थाइल्यान्डको भिसा प्रक्रिया नसुधारे पर्यटकीय प्याकेज बन्द गर्ने नाट्टाको चेतावनी
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले थाइल्यान्डको पर्यटक भिसा प्रक्रिया तत्काल सहज र व्यावहारिक बनाउन माग गर्दै सुधार नभए पर्यटकीय प्याकेज बिक्री तथा समूहगत भ्रमण स्थगन गर्ने चेतावनी दिएको छ । भिसा प्रक्रियामा भइरहेको ढिलाइ र अव्यावहारिक सर्तका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायी आर्थिक जोखिममा परेको भन्दै…

