Banijya News

राजनीति

प्रधानमन्त्री दाहाललाई रास्वपाले विश्वासको मत दिने

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । पार्टीको आज बिहान बसेको […]

नयाँ गठबन्धनलाई बुद्धिजीवीले दिए यस्तो सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै वामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै भाव–सञ्चार भएको छ । तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्कोलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा वामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने…


  • Default Image

    राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

    नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने भएको छ । आज सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको माओवादीका एक नेताले जानकारी दिए । बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिनुपर्ने मत राखेका थिए ।

  • Default Image

    राष्ट्रियसभा बैठक : देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण

    राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिको गतिमा रहेको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण…

  • Default Image

    नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर : मन्त्री साउद

    परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्। अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए। अष्ट्रेलिया सरकार…

  • Default Image

    नेता र नेतृत्वबाट नै यति ठूलो बेइमानी कल्पना गर्न सकिन्नः चम्पा कार्की

    नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले आफूमाथि नेता र नेतृत्वबाटै बेइमानी र षड्यत्र भएको बताएकी छन् । सत्तारुढ गठबन्धन दलबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार रहेकी कार्कीले हार व्यहोर्नु परेपछि उनले यस्तो प्रतिक्रिया जनाएकी हुन् । कोशीमा कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई मतदान नगरेर एमालेकी उम्मेदवारलाई मतदान गरेका थिए । अहिलेको…

  • Default Image

    कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित

    कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् । सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित भएका हुन् । सिटौलाले कूल ५२९२ र पौडेलले ४५६२…

  • Default Image

    राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतपत्र पठाइयाे

    राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइएको जानकारी दिए । उनका अनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको मतपत्र छापिएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका…

  • Default Image

    युगाण्डामा रहेका नेपालीसँग प्रधानमन्त्रीको अन्तरक्रिया

    काठमाडौं- असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन्। भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए । प्रधानमन्त्रीले भने, ‘युगाण्डामा मेरो पहिलो भ्रमण हो…

  • Default Image

    मुलुकमा दलहरूबीच सहमति र सहकार्य आवश्यक : कृष्णप्रसाद सिटौला

    नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन् । संविधान निर्माण भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए । धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता…

  • Default Image

    नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष श्रेष्ठ सहअध्यक्षमा मनोनित

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । नाउपाले विधान संशोधन गरी दुईजना महासचिव…

  • Default Image

    राष्ट्रियसभा सदस्य उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो उम्मेदवारी दिएकाविरुद्ध आज दाबीविरोध तथा उजुरीका लागि समय दिएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमा पुस २५ र २६ गते जाँचबुझ…

Scroll to Top