अव धरानको मात्र नतिजा आउन बाँकी
शनिबार भएको उपनिर्वाचनको नतिजाअनुसार अब र्दुइ स्थानको मात्रै नतिजा आउन बाँकी रहेको छ । उपनिर्वाचन भएका ५२ स्थानमध्ये ५१ स्थानको नतिजा आइसकेको निर्वाचन आयोगले जनाएको छ । अब सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, धरान उपमहानगरपालिका वडा नम्बर ७ को अध्यक्ष नतिजा आउन बाँकी रहेको हो ।

