राज्य व्यवस्था समितिको बैठकमा विवाद, सञ्चारकर्मी निषेधप्रति सांसदहरूको बहिष्कार
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक शुक्रबार विवादका कारण प्रभावित बनेको छ। बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश नदिएको विषयलाई लिएर विभिन्न दलका सांसदहरूले आपत्ति जनाउँदै बहिष्कार गरेका छन्। बैठक सुरु हुनासाथ सञ्चारकर्मीलाई बाहिर राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह, नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राई तथा नेकपा…

