नेपाललाई ३ करोड ७६ लाख युरो जर्मन सहायता
नेपालको पूर्वाधार, ऊर्जा र सामाजिक विकासमा सघाउँदै आएको संघीय गणतन्त्र जर्मनीले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध र विकास साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ। सोही प्रतिबद्धता स्वरूप जर्मनीले आगामी दुई वर्षका लागि नेपाललाई तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहायता उपलब्ध गराउने भएको छ। मंगलबार राजधानीमा सम्पन्न 'नेपाल–जर्मनी…

