Banijya News

बाणिज्य

कुमारी बैंकको ३ लाख २० हजार संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ३ लाख २० हजार संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । आज […]

एलपी ग्यास अभावको गुनासोपछि उद्योगमन्त्री यादवद्वारा नेपाल ग्यासको अनुगमन

एलपी ग्यास अभावको गुनासोपछि उद्योगमन्त्री यादवद्वारा नेपाल ग्यासको अनुगमन

बजारमा खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको स्थलगत अनुगमन गरेकी छन् । मन्त्री यादवले शनिबार काठमाडौंको बालाजुस्थित नेपाल ग्यास उद्योगमा पुगेर उद्योगको अवस्था तथा ग्यास आपूर्तिबारे जानकारी लिएकी हुन् । पछिल्लो समय उपभोक्ताले खाना पकाउने ग्यास पाउन…


  • कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सीईओसहित तीन जना पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंक घोटाला : तत्कालीन सीईओसहित तीन जना पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई पक्राउ गरेको छ । यस घटनाले बैंकिङ क्षेत्रको आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन र नियामकीय निगरानीको प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार तत्कालीन सीईओ शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ…

  • महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

    महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

    विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट ०७) को अवसरमा महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रिय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । स्तनपान गराइरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष…

  • बर्डफ्लु नियन्त्रणपछि महँगियो कुखुराको मासु, उत्पादन घट्दा मूल्य फेरि वृद्धि

    बर्डफ्लु नियन्त्रणपछि महँगियो कुखुराको मासु, उत्पादन घट्दा मूल्य फेरि वृद्धि

    साउन महिनाभर लगातार उकालो लागेको कुखुराको मासुको मूल्यमा फेरि वृद्धि भएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको नयाँ मूल्य निर्धारण गरेको हो। उत्पादनमा कमी आएको र बजारमा मागअनुसार आपूर्ति हुन नसकेको भन्दै व्यवसायीहरूले मूल्य समायोजन गरिएको बताएका छन्। संघका अनुसार…

  • जावलाखेलमा १९औं गोदावरी फूल प्रदर्शनी आयोजना हुँदै

    जावलाखेलमा १९औं गोदावरी फूल प्रदर्शनी आयोजना हुँदै

    नेपालको पुष्प व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र व्यवसायिक बनाउन फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यस प्रदर्शनी आगामी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरस्थित जावलाखेल खेल मैदान मा आयोजना…

  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब लिने

    राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब लिने

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो । इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अपराह्‌न ३…

  • माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ योजना

    माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ योजना

    माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा ग्राहकको सहभागिता सहज बनाउन आफ्‌नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार सञ्चालनमा आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा योजना सुरु गरिएको…

  • कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

    कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

    कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनवटा योजनाको लाभांश घोषणा भएको छ । योजना व्यवस्थापक कुमारी क्यापिटलका अनुसार, सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि कुमारी इक्विटी फन्ड, कुमारी…

  • केन्द्रीय बैंकद्वारा खुला बजार कारोबार कार्यविधिको नवौँ संशोधन जारी, नयाँ कार्यविधिमा के छ ?

    केन्द्रीय बैंकद्वारा खुला बजार कारोबार कार्यविधिको नवौँ संशोधन जारी, नयाँ कार्यविधिमा के छ ?

    बैंक तथा वित्तीय संस्थाहरूसँग गरिने खुला बजार कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबार कार्यविधि, २०७८’ मा नवौँ संशोधन २०८३ जारी गरेको छ । संशोधित कार्यविधिबाट मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न र वित्तीय बजारमा ब्याजदर तथा तरलतालाई तोकिएको सीमाभित्र राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ…

  • डिजिटल भुक्तानी सेवाले उजागर गर्यो सुरक्षा र सुशासनको संकट

    डिजिटल भुक्तानी सेवाले उजागर गर्यो सुरक्षा र सुशासनको संकट

    नेपालमा तीव्र रूपमा विस्तार भइरहेको डिजिटल भुक्तानी प्रणालीभित्र गम्भीर सुरक्षा, सुशासन र नियामक अनुपालनसम्बन्धी कमजोरीहरू रहेको तथ्य नेपाल राष्ट्र बैंकको पछिल्लो निरीक्षणबाट सार्वजनिक भएको छ। मोबाइल वालेट, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी), साइबर सुरक्षा, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाइएको हो।…

Scroll to Top