कर्णाली बैंक पुनर्संरचनाः निक्षेपकर्तालाई सेयरधनी बनाइने योजना
समस्याग्रस्त अवस्थामा रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई पुनर्संरचना गरी पुनः सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंकले निक्षेपकर्तालाई नै सेयरधनी बनाउने नयाँ योजना अघि सारेको छ। संस्थाको सम्पत्तिले दायित्व धान्न नसक्ने अवस्था आएपछि केन्द्रीय बैंकले निक्षेपलाई पुँजीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको हो । नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको यस बैंकको वित्तीय अवस्था…

