Banijya News

बैंक

वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

वित्तीय संस्थामा बढ्दो खराब कर्जा, कुल खराब कर्जा पुग्यो २५८ अर्ब १९ करोड

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा गुणस्तरमा दबाब बढ्दै गएको र वित्तीय स्थायित्वमा चुनौती थपिएको छ । नेपाल राष्ट्र […]

अधिक तरलताका कारण एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

अधिक तरलताका कारण एक खर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत रु एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो । बोलकबोल आज अपराह्न…


  • ८९ करोड नाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएलमा वृद्धि

    ८९ करोड नाफा कमाउँदा सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएलमा वृद्धि

    सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ८८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४६.६९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले ६० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी २ अर्ब ७ करोड १४ लाखबाट…

  • एनएमबि बैंकद्वारा ‘प्रदेश बचत खाता’ शुरु

    एनएमबि बैंकद्वारा ‘प्रदेश बचत खाता’ शुरु

    एनएमबि बैंक लिमिटेडले मुलुकभरका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना अघि सारेको जनाएको छ । एनएमबि बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरुवात गरेको छ, जसमा…

  • विदेशी विनिमयको नयाँ कानुन ल्याउने तयारी, विदेशमा लगानीको ढोका खोलिँदै

    विदेशी विनिमयको नयाँ कानुन ल्याउने तयारी, विदेशमा लगानीको ढोका खोलिँदै

    सरकारले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने व्यवस्था र विदेशी विनिमय (नियमित गर्ने) ऐनलाई खारेज गर्दै नयाँ ऐन जारी गर्ने तयारी थालेको छ । सो नयाँ व्यवस्था लागू भएमा नेपालीले विदेशमा लगानी गर्न सक्ने ढोका खुला हुनेछ । अर्थ मन्त्रालयले ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ र ‘विदेशमा लगानी गर्न…

  • वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

    वित्तीय ठगीको अपराध बढ्दै, कारोबारअघि आधिकारिकता जाँच्न राष्ट्र बैंकको आग्रह

    पछिल्लो समय वित्तीय ठगीका घटना निरन्तर बढ्दै गएको देखिन्छ । विभिन्न माध्यमबाट हुने वित्तीय अपराधका घटना बढ्दै गएकाले यसप्रति नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले आज एक सूचना जारी गर्दै स्क्यामको बारेमा सचेत रहन आग्रह गरेको छ । ‘शंका लागेमा वित्तीय…

  • लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने, सात प्रतिशत ब्याज दिने

    लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशन गर्ने, सात प्रतिशत ब्याज दिने

    लक्ष्मी सनराइज बैंक लिमिटेडले यही साउन १४ गतेदेखि ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गर्ने भएको छ । १० वर्षे अवधि भएको उक्त डिबेन्चरमा वार्षिक ७ प्रतिशत ब्याज दिइने भएको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न…

  • कामना सेवा विकास बैंकमा नेपालपे कार्ड सेवा आरम्भ

    कामना सेवा विकास बैंकमा नेपालपे कार्ड सेवा आरम्भ

    कामना सेवा विकास बैंकले आफ्नो विद्युतीय बैंकिङ सेवालाई अझ फराकिलो र सबल बनाउने लक्ष्यका साथ 'नेपालपे' कार्ड निष्कासन  तथा स्विकारोक्ति (अक्वायर) सेवा औपचारिक रूपमा सुरु गरेको छ। राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट स्विच) अन्तर्गत सञ्चालनमा रहेको यो स्वदेशी कार्ड अब बैंकले आफ्ना खातावालाहरूलाई वितरण गर्नेछ। यस नयाँ प्रविधिसँगै बैंकका देशभर…

  • माछापुच्छ्रे बैंकका दुई वरिष्ठ अधिकारीको पदोन्नति

    माछापुच्छ्रे बैंकका दुई वरिष्ठ अधिकारीको पदोन्नति

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन तहलाई थप सबल र प्रभावकारी बनाउने उद्देश्यले दुई वरिष्ठ अधिकारीलाई माथिल्लो पदमा बढुवा गरेको छ। बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख…

  • विश्वकपका गोल बराबर लक्ष्मी सनराइज बैंकले ३३३ रैथाने बिरुवा रोप्ने

    विश्वकपका गोल बराबर लक्ष्मी सनराइज बैंकले ३३३ रैथाने बिरुवा रोप्ने

    लक्ष्मी सनराइज बैंकले विश्वकप फुटबलको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै सञ्चालन गरेको ‘द गोल इज ग्रीन’ अभियानलाई प्रभावकारी बनाउन डब्लूडब्लूएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समिति (काम्दी सीएफसीसी) सँग सहकार्य गरेको छ । बैंकले फिफा विश्वकप २०२६ का सम्पूर्ण खेलमा भएको प्रत्येक गोल बराबर एउटा रैथाने बिरुवा रोप्ने प्रतिबद्धताअनुसार यो…

  • गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल सेवा सुरु

    गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल सेवा सुरु

    नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल इकोसिस्टममा एकैसाथ तीन नयाँ प्रविधिमा आधारित सेवा सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टर बैंक क्युआर टेलर सेवाको औपचारिक शुभारम्भ…

  • सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सको सुझाव

    सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सको सुझाव

    वित्तीय कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनमा ल्याउन बैंकर्सले सुझाव दिएका छन् । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबारको छलफलमा सहभागी बैंकर्सहरुले बैंकिङ कारोबार गर्ने सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्ने सुझाव दिएका हुन् । त्यस्तै, बैठकमा उनीहरूले…

Scroll to Top