सर्वसाधारणका लागि कालंगा हाइड्रोको आईपीओ बिक्री खुला, कति सम्म लगानी गर्ने ?
जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको कालंगा हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि सर्वसाधारण लगानीकर्तालाई शेयर निष्काशन प्रक्रिया सुरु गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको…

