बंगलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु, पाँच महिनामा ९४ लाख डलर आम्दानी हुने
नेपाल विद्युत् प्राधिकरणले गत वर्ष एक दिन मात्र ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको थियो। अब भने शनिबार रातिबाट पुनः दैनिक ४० मेगावाटको दरले विद्युत् निर्यात सुरु गरिएको छ, जुन निर्यात १५ नोभेम्बरसम्म दैनिकरूपमा निरन्तर हुनेछ। १७ असोज ०८१ मा नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले भारतीय प्रसारणलाइन…

