ठेक्का तोडिएका व्यवसायीलाई बाँकी बक्यौता बुझाउन ३५ दिने अल्टिमेटम
सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता उल्लङ्घन गर्ने निर्माण व्यवसायीहरूमाथि कडाइ गर्दै सरकारी बाँकी रकम दाखिला गर्न ३५ दिने अन्तिम म्याद जारी गरेको छ। करारीय दायित्व पूरा नगरेपछि रद्द गरिएका आयोजनाहरूबाट असुल गर्नुपर्ने रकम पटक-पटक ताकेता गर्दा पनि नबुझाइएकाले कार्यालयले सार्वजनिक सूचनामार्फत अन्तिम मौका दिएको हो। सार्वजनिक खरिद ऐन, २०६३…

