Banijya News

समाचार

माइक्रोफाइनान्सको नाफा डेढ गुणाभन्दा बढीले बढ्यो, लाभांश क्षमतामा उल्लेख्य सुधार

माइक्रोफाइनान्सको नाफा डेढ गुणाभन्दा बढीले बढ्यो, लाभांश क्षमतामा उल्लेख्य सुधार

माइक्रोफाइनान्स कम्पनीहरूको नाफामा उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म सञ्चालनमा रहेका माइक्रोफाइनान्स कम्पनीहरूले कुल १२ […]

विकटेश्वर महादेव पापमोचनदेखि मोक्षहुने,स्कन्दपुराणमा उल्लेखित इतिहास र आस्थाको पवित्र धरोहर

विकटेश्वर महादेव पापमोचनदेखि मोक्षहुने,स्कन्दपुराणमा उल्लेखित इतिहास र आस्थाको पवित्र धरोहर

काभ्रेको बनेपा नगरपालिका–१३, साँगास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विकटेश्वर महादेव मन्दिरमा साउन महिनाका सोमबार विशेषगरी अन्तिम सोमबार भक्तजनको चहलपहल बढ्ने गर्दछ। शिवभक्तहरू बिहानैदेखि मन्दिर पुगेर पूजाआराधना, जलार्पण र दर्शन गर्ने गर्छन्। प्राकृतिक सौन्दर्य, प्राचीन धार्मिक आख्यान र सांस्कृतिक इतिहाससँग जोडिएको यस क्षेत्रलाई स्थानीयस्तरमा महत्वपूर्ण तीर्थस्थलका रूपमा लिइन्छ। रुद्गिरि पर्वतको…


  • चेक बाउन्समा पाँच वर्षे बाटो खुला, नयाँ मुद्दामा एक वर्षे हदम्याद

    चेक बाउन्समा पाँच वर्षे बाटो खुला, नयाँ मुद्दामा एक वर्षे हदम्याद

    सर्वोच्च अदालतको संवैधानिक इजलासले चेक अनादर (चेक बाउन्स) सम्बन्धी ‘बैंकिङ कसूर तथा सजाय ऐन’ मा गरिएको पछिल्लो संशोधन संवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पाँच सदस्यीय संवैधानिक इजलासले संशोधनविरुद्ध दायर रिट निवेदन खारेज गर्दै संसद्को कानुन निर्माण गर्ने अधिकारलाई सदर गरेको हो । प्रधानन्यायाधीश शर्मासहित न्यायाधीशहरू…

  • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको समयसीमा पुनरावलोकन, पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको समयसीमा पुनरावलोकन, पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य

    सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयनलाई तीव्रता दिँदै अधिकांश आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य अघि सारेको छ । आयोजनामा विगतमा निर्माण व्यवसायीको ढिलाइ तथा कार्यक्षेत्र (स्कोप) विस्तारका कारण समयसीमा प्रभावित हुँदै आएको भन्दै सरकारले अब मापनयोग्य लक्ष्य, जिम्मेवार अधिकारी र निश्चित समयसीमासहितको कार्ययोजना बनाएर काम अघि बढाउने भएको…

  • नेपाल टेलिकमको नाफा एकै वर्षमा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमको नाफा एकै वर्षमा ४७.५८ प्रतिशतले बढ्यो

    सेवा सुधार, डाटा खपतमा वृद्धि र सञ्चालन खर्चमा कटौतीको प्रभाव नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वित्तीय नतिजामा देखिन थालेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढाउँदै ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुर्‍याएको छ। नेपाल टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय…

  • धार्मिक पर्यटनको विस्तारले गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ : चन्द्र ढकाल

    धार्मिक पर्यटनको विस्तारले गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ : चन्द्र ढकाल

    धार्मिक तथा पर्यटकीय क्षेत्रको व्यवस्थित विकाससँगै स्थानीय पूर्वाधार विस्तार गर्न सके वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता क्रमशः अन्त्य गर्न सकिने नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। उनले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सके गाउँमै रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना हुने बताए। बागलुङको…

  • पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा

    पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपैयाँ घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम. एस. पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार सिरहाको लहान नगरपालिका–६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत पालले आर्थिक वर्ष २०७८/७९ को…

  • कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि, भदौ २४ देखि वडा

    कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि, भदौ २४ देखि वडा

    नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाउँदै वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार देशभरका ६ हजार ७४३ वडामा भदौ २४ गते अधिवेशन हुनेछ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार विज्ञप्तिमार्फत महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यक्रम…

  • खुला चामल, दाल र गेडागुडी बिक्रीमा रोक लगाउने सरकारको तयारी

    खुला चामल, दाल र गेडागुडी बिक्रीमा रोक लगाउने सरकारको तयारी

    सरकारले चामल, दाल, गेडागुडीजस्ता खाद्यान्न खुला रूपमा बिक्री गर्न नपाइने व्यवस्था गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर कायम गर्नुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षा र बजारमा हुने मिसावट नियन्त्रण गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था अघि सारेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को…

  • मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा विशेष छुट

    मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा विशेष छुट

    मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरामा रहेको बरपिपल रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्ने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ । उक्त व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले…

  • तरकारीको भाउमा अत्यधिक वृद्धि, गोलभेडा २५३ प्रतिशतसम्म महँगियो

    तरकारीको भाउमा अत्यधिक वृद्धि, गोलभेडा २५३ प्रतिशतसम्म महँगियो

    भान्सामा दैनिक प्रयोग हुने तरकारी तथा उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि हुँदा आम उपभोक्ता चरम महँगीको मारमा परेका छन् । विशेषगरी तरकारी र फलफूलको मूल्यमा अत्यधिक वृद्धि भएको सरकारी अध्ययनले देखाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदनअनुसार…

Scroll to Top