एमालेको सचिवालय बैठक सुरु
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। सोमबार बिहान सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालयका पदाधिकारी सहभागी छन्। फागुनमा सम्पन्न निर्वाचनपछि पार्टीभित्र निर्वाचन परिणाम र समग्र गतिविधिको समीक्षा गर्न गठन गरिएको कार्यदलले अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएपछि आइतबारको सचिवालय बैठक स्थगित भएको थियो।…

