खेलकुद मन्त्रीलाई निम्तो दिएको छैन : एनआरएनए अमेरिकाको प्रस्टीकरण
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रमको लागि अमेरिका आमन्त्रण नगरेको स्पष्ट पारेको छ। संस्थाको नाम जोडेर भइरहेका अनधिकृत गतिविधिहरूप्रति आपत्ति जनाउँदै एनआरएनएले एक प्रेस विज्ञप्ति जारी गरेको हो। ’एनआरएनए अमेरिका को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको…

