Banijya News

बैंक

सुदृढ अर्थतन्त्र र समृद्धिको संकल्प गर्दै ७१ वर्षमा नेपाल राष्ट्र बैंक

सुदृढ अर्थतन्त्र र समृद्धिको संकल्प गर्दै ७१ वर्षमा नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सोमबार आफ्नो स्थापनाको ७१ औं वार्षिकोत्सव भव्यताका साथ मनाउँदै मुलुकको आर्थिक स्थायित्व र वित्तीय प्रणालीको सुदृढीकरणका लागि […]

एभरेष्ट बैंकको ३ अर्ब ३२ करोड नाफासँगै लाभांश वितरणमा देखियो बलियो सम्भावना

एभरेष्ट बैंकको ३ अर्ब ३२ करोड नाफासँगै लाभांश वितरणमा देखियो बलियो सम्भावना

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ३.७१ प्रतिशतले थोरै हो। बैंकको खुद ब्याज आम्दानी र कमिसन आम्दानीमा वृद्धि देखिए तापनि सम्भावित कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) का लागि छुट्याउनुपर्ने रकम २७ करोडबाट बढेर ७७ करोड ७४…


  • ४४ लाख निष्कृय खाताको २० अर्ब रुपैयाँ राज्यकोषमा ल्याउने सरकारको तयारी

    ४४ लाख निष्कृय खाताको २० अर्ब रुपैयाँ राज्यकोषमा ल्याउने सरकारको तयारी

    सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गरेको एक महिना पुग्न लाग्दा १० वर्षभन्दा पुराना निष्कृय (डोरमेन्ट) बैंक खाताको रकम राज्यकोषमा ल्याउने प्रक्रिया अघि बढाएको छ। उक्त सूचीमा १० वर्षमाथिका निष्कृय खाताको विवरण संकलन गरी हकवालाले दाबी नगरेको रकम तीन महिनाभित्र कानुनी प्रक्रिया पूरा गरेर राज्यकोषमा ल्याउने व्यवस्था मिलाउने उल्लेख…

  • हिमालयन बैंक फोनेपे नेटवर्कमा आबद्ध, डिजिटल भुक्तानीमा नयाँ आयाम

    हिमालयन बैंक फोनेपे नेटवर्कमा आबद्ध, डिजिटल भुक्तानीमा नयाँ आयाम

    नेपालको अग्रणी निजी वाणिज्य बैंक हिमालयन बैंक लिमिटेड औपचारिक रूपमा फोनेपे पेमेन्ट सर्भिस लिमिटेड नेटवर्कमा आबद्ध भएको छ। यससँगै देशको सबैभन्दा ठूलो अन्तरसञ्चालनयोग्य क्यूआर भुक्तानी प्रणालीमा प्रमुख निजी बैंकको प्रवेश भएको छ। फोनेपेले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यो साझेदारी नेपालको डिजिटल भुक्तानी पूर्वाधार विस्तारमा महत्त्वपूर्ण उपलब्धि हो।  हिमालयन बैंकको देशभर फैलिएको…

  • बैंकिङ प्रणालीमा अधिक तरलता पछि एकैदिन १२० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा अधिक तरलता पछि एकैदिन १२० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । राष्ट्र बैंकले बुधबार १९ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत सो रकम खिच्न लागेको हो । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन…

  • सानिमा बैंकको नाफामा ४२ प्रतिशतको वृद्धि

    सानिमा बैंकको नाफामा ४२ प्रतिशतको वृद्धि

    सानिमा बैंकको नाफामा उल्लेख्य बढोत्तरी देखिएको छ। अघिल्लो वर्षको पहिलो नौ महिनाको तुलनामा यस वर्ष बैंकले ७० करोड बढी नाफा कमाउँदै कुल २ अर्ब ३५ करोड रुपैयाँ करपछिको नाफा आर्जन गर्न सफल भएको छ, जुन ४२.२२ प्रतिशतको वृद्धि हो। बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा सुधार र इम्पेरमेन्ट चार्ज (ऋण…

  • माछापुच्छ्रे बैंकद्वारा ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

    माछापुच्छ्रे बैंकद्वारा ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एमबीएल आईटी कर्जा नामक नयाँ कर्जा योजना अगाडि सारेको छ। सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्यसहित सुरुवात गरिएको यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आईरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने…

  • बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः ४० अर्ब रुपैयाँ खिच्ने भएको छ। पछिल्लो समय बैंकहरूमा निक्षेप बढे पनि कर्जाको माग नबढ्दा प्रणालीमा थुप्रिएको अतिरिक्त रकम राष्ट्र बैंकले १६० दिनका लागि तान्न लागेको हो। वित्तीय प्रणालीमा तरलता पर्याप्त भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ३ प्रतिशतकै हाराहारीको…

  • बीएण्डसी मेडिकल कलेजलाई थप कर्जा दिन बैंकहरू छलफलमा, कुमारी बैंक असहमत

    बीएण्डसी मेडिकल कलेजलाई थप कर्जा दिन बैंकहरू छलफलमा, कुमारी बैंक असहमत

    व्यवसायी दुर्गा प्रसाईं सम्बद्ध बीएण्डसी मेडिकल कलेजलाई थप कर्जा उपलब्ध गराउने विषयमा बैंकहरूबीच छलफल भएको छ। सहवित्तीयकरण (कन्सोर्टियम) अन्तर्गत कर्जा लगानी गरेका बैंकहरूले करिब ५५ करोड रुपैयाँ थप ऋण प्रवाह गर्ने विषयमा बुधबार बैठक गरेका हुन्। यद्यपि, सबै बैंकहरूबीच सहमति नजुट्दा निर्णय भने टुंगोमा पुग्न सकेको छैन। कर्जा व्यवस्थापनको नेतृत्व…

  • सिटिजन्स बैंक २०औँ वर्षमा प्रवेश

    सिटिजन्स बैंक २०औँ वर्षमा प्रवेश

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १९ औँ वार्षिकोत्सव मनाएको छ । यस १९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० लाख ११ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जानकारी दिएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय…

  • महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात

    महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात

    महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपाल भित्रै क्यूआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यस सुविधाको सुरुवातसँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका…

  • नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

    नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

    नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच हस्तान्तरण भएको हो । ६४ जिल्ला कार्यक्षेत्र रहेको यस लघुवित्तमा करिब पाँच सय…

Scroll to Top