विकास भयो कि भएन ? ३६ वर्षको यात्राको सन्तुलित मूल्याङ्कन के ?
मधुकर पाण्डे नेपालको पछिल्लो ३६ वर्षको राजनीतिक तथा आर्थिक यात्रा बहस, आलोचना र अपेक्षाले भरिएको छ। “मन्त्रीले केही गरेनन्, सांसदले केही गरेनन्, देशमा विकास नै भएन” भन्ने गुनासा आम रूपमा सुनिन्छन्। तर प्रश्न उठ्छ—के साँच्चै केही भएन त ? कि हामीले उपलब्धि, चुनौती र असफलतालाई सन्तुलित रूपमा मूल्याङ्कन गर्न सकेका…

