Banijya News

इन्सुरेन्स

एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

एशियन लाइफको अवितरित हकप्रद शेयर बाँडफाँट

एशियन लाइफ इन्स्योरेन्सले अवितरित हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेको छ । कम्पनीले यस अघि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन […]

जीवन बीमा कम्पनीहरुको व्यापार ३५ अर्ब नाघ्यो

जीवन बीमा कम्पनीहरुको व्यापार ३५ अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्म जीवन बीमा कम्पनीहरुले करिब सवा ३५ अर्ब रुपैयाँको व्यापार भित्र्याएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को भदौसम्म कम्पनीहरुले ३० अर्ब ८ करोड ८२…


  • बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माद्धारा शपथ ग्रहण

    बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माद्धारा शपथ ग्रहण

    नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले आजै पदवहाली गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

  • निर्जीवन बिमा कम्पनीहरूले दुई महिनामा गरे ८ अर्ब २९ करोडको व्यापार

    निर्जीवन बिमा कम्पनीहरूले दुई महिनामा गरे ८ अर्ब २९ करोडको व्यापार

    चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८ अर्ब भन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ८ अर्ब २९ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका हुन् । यो…

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबीबापत तिर्‍यो ५५ करोड

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दाबीबापत तिर्‍यो ५५ करोड

    गदौ भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको कारण भएको क्षतिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ५ अर्ब ४५ करोड बराबरको ३२२ वटा बीमा दाबी परेको छ । कम्पनीका अनुसार असोज ८ गतेसम्ममा कम्पनीले प्राप्त दाबीमध्ये ५५ करोड ८ लाख भुक्तानी गरिसकेको छ । बाँकी दाबी पनि भुक्तानी हुने…

  • ग्रीन लाइफ हाईड्रोपावरले हकप्रद जारी गर्न डाक्यो साधारण सभा

    ग्रीन लाइफ हाईड्रोपावरले हकप्रद जारी गर्न डाक्यो साधारण सभा

    ग्रीन लाइफ हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नेृ भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औंं, १४ औं र १५ औं साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा आगामी कात्तिक १८ गते…

  • नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

    नेपाल पुनर्बीमा कम्पनीको हकप्रद रोकिने

    सरकारको पछिल्लो निर्णयका कारण नेपाल पुनर्बीमा कम्पनीको हकप्रद शेयर रोकिने भएको छ । आगामी माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी कायम गर्ने उद्देश्यका साथ गत साउन १४ गते नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । अन्तरराष्ट्रिय बजारमा उपस्थिति बढाउन भन्दै कम्पनीले २६ अर्ब रुपैयाँभन्दा बढी चुक्तापूँजी…

  • साना बिमा दाबी तिहार अघि नै भुक्तान हुने

    साना बिमा दाबी तिहार अघि नै भुक्तान हुने

    निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले साना प्रकृतिका बिमा दाबीहरू तिहारअघि नै भुक्तान गरिने जानकारी दिएका छन्। मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरूत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बैदवारले बताए कि जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ८० अर्ब…

  • जेनजी आन्दोलनबाट भएको क्षतिको २२ अर्ब बढी बीमा दाबी

    जेनजी आन्दोलनबाट भएको क्षतिको २२ अर्ब बढी बीमा दाबी

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट सवा २२ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले असोज ५ गतेसम्म संकलन गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा जम्मा २ हजार ४७८ वटा दाबी दर्ता भई…

  • भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको बीमा दाबी

    भौतिक संरचनामा पुगेको क्षतिको २० अर्ब ७० करोड बराबरको बीमा दाबी

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दाबी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका…

  • निर्जीवन बिमा व्यवसायी संघले दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने

    निर्जीवन बिमा व्यवसायी संघले दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने

    नेपाल निर्जीवन बिमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ । बिमा भएका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन संघले आग्रह समेत गरेको छ । वर्तमान अवस्थामा बिमाको महत्त्व झनै बढेको सन्दर्भमा, बिमा कम्पनीहरूले आफ्नो…

  • जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

    जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबी भुक्तानी प्रक्रिया

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ । बीमा दाबीका लागि आवश्यक…

Scroll to Top