घरायसी र व्यावसायिक ग्यास छु्ट्याइने, व्यावसायिक प्रयोजनमा ठूलो सिलिन्डर ल्याउने तयारी
घरायसी र व्यावसायिक प्रयोजनमा एउटै तौल र मूल्यको एलपी ग्यास प्रयोग हुँदै आएको अवस्थामा सरकारले व्यावसायिक क्षेत्रका लागि ठूलो क्षमताको सिलिन्डर प्रयोगमा ल्याउने तयारी थालेको छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट्टै अध्ययन समिति गठन गरेर काम अघि बढाएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको…

