Banijya News

समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दै छ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी […]

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

बागमती प्रदेशका विभिन्न स्थानमा असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिएको छ । बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले आज मंगलबार सार्वजनिक सूचना जारी गरी सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी र पूर्वतयारी अपनाउन अनुरोध गरेको हो । नेपाल…


  • एनआईसी एशिया बैंकद्वारा तीन विद्यालय र मामाघर नेपाल संस्थालाई सहयोग

    एनआईसी एशिया बैंकद्वारा तीन विद्यालय र मामाघर नेपाल संस्थालाई सहयोग

    एनआईसी एशिया बैंकले कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकले कैलालीको टिकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, सोही जिल्लाको टिकापुर नगरपालिका–१ मा रहेको वीरेन्द्र…

  • एभरेस्ट बैंकद्वारा धनगढीमा शाखा स्थापना

    एभरेस्ट बैंकद्वारा धनगढीमा शाखा स्थापना

    एभरेस्ट बैंकले कैलालीको धनगढी–८, क्याम्पस चोकमा १३४औं शाखा स्थापना तथा सुदूरपश्चिम प्रदेशमा नयाँ भवनको समेत उद्घाटन गरेको छ । बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरू सोही भवनबाट प्रदान गर्ने जनाएको छ । बैंकको धनगढी शाखासँगै सुदूरपश्चिम प्रदेशमा शाखा संख्या १५ पुगेको छ ।…

  • कामना सेवा विकास बैंकद्वारा प्रतीक्षा बेन्च स्थापना

    कामना सेवा विकास बैंकद्वारा प्रतीक्षा बेन्च स्थापना

    कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी–जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा–बेन्च स्थापना गरिएको हो । बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको…

  • बाढीपीडितका लागि नयाँ बस्ती बसाल्ने तयारी, कहाँ–कहाँ जग्गा खोजियो?

    बाढीपीडितका लागि नयाँ बस्ती बसाल्ने तयारी, कहाँ–कहाँ जग्गा खोजियो?

    भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारको पुनःस्थापनाका लागि २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस गरिएको छ । पुनःस्थापनाका लागि सम्भावित स्थान पहिचान गर्न गठित केन्द्रीय समितिले अध्ययन गरी प्रतिवेदन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेस गरेको हो । समितिका अनुसार…

  • सामान्य बढ्यो नेप्से, कारोबार रकममा वृद्धि

    सामान्य बढ्यो नेप्से, कारोबार रकममा वृद्धि

    साताको पहिलो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक मंगलबार पनि बढेर बन्द भएको हो । आज मंगलबार नेप्से परिसूचक ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७१ अंक बढेको छ भने फ्लोट…

  • भोटेकोशी बाढीले अटो क्षेत्रमा ठूलो क्षति, व्यवसायीलाई नाडाको साथ

    भोटेकोशी बाढीले अटो क्षेत्रमा ठूलो क्षति, व्यवसायीलाई नाडाको साथ

    रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा डुबानका कारण अटोमोबाइल व्यवसायसँग सम्बन्धित सवारीसाधन, गोदाम, कार्यालय, उपकरण तथा अन्य व्यावसायिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने भएको छ । बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा अटोमोबाइल व्यवसायको पूर्वाधारमा क्षति पुगेको र आयातित सवारीसाधनसमेत…

  • भोटेकोशी बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

    भोटेकोशी बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

    रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका विभिन्न ‘लकर’ तथा दराजका धनी खोज्न प्रहरीले सार्वजनिक सूचना जारी गरेको छ । नुवाकोटका विभिन्न स्थानबाट हालसम्म दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार विदुर नगरपालिका–१ ढुङ्गेमा भदौ १९…

  • प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, अर्थमन्त्री वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

    प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, अर्थमन्त्री वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाह साँझ ७ बजे अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको विदेश भ्रमणका क्रममा उनको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई…

  • चाडपर्वमा सडकदेखि बजारसम्म सरकारको निगरानी, निर्णय कार्यान्वयनमा पनि कडाइ गरिने

    चाडपर्वमा सडकदेखि बजारसम्म सरकारको निगरानी, निर्णय कार्यान्वयनमा पनि कडाइ गरिने

    दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सरकारले सार्वजनिक सेवा, सडक यातायात, बजार अनुगमन र सरकारी निर्णयको कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ। सक्रिय मनसुनका कारण सडक अवरुद्ध हुन सक्ने जोखिमलाई समेत ध्यानमा राख्दै अत्यावश्यक सेवा नियमित सञ्चालनदेखि बाढीपछिको आवश्यकता मूल्यांकनसम्मका कामलाई गति दिने निर्णय सरकारले गरेको हो। मुख्य सचिव गोविन्दबहादुर कार्कीको…

  • भ्रामक औषधि प्रचार रोक्न आयुर्वेद चिकित्सा परिषद्को चेतावनी

    भ्रामक औषधि प्रचार रोक्न आयुर्वेद चिकित्सा परिषद्को चेतावनी

    आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोग निको पार्ने दाबी गर्दै गरिने भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । परिषद्ले सार्वजनिक गरेको सूचनामार्फत क्यान्सर, पाइल्सलगायत जटिल रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको हो । यस्ता विज्ञापनमा…

Scroll to Top