Banijya News

समाचार

एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो

एनआईसी एसिया बैंकको दुई वटा शाखा बाढीले बगायो

भोटेकोशीमा बुधबार बिहानै आएको बाढीका कारण रसुवा जिल्लामा रहेको एनआईसी एसिया बैंकको दुई वटा शाखा कार्यालयहरु बगाएको छ । दुवै […]

मधेसबाट एक वर्षमा पौने दुई लाख युवा वैदेशिक रोजगारीमा, १४४ जनाको मृत्यु

मधेसबाट एक वर्षमा पौने दुई लाख युवा वैदेशिक रोजगारीमा, १४४ जनाको मृत्यु

मधेस प्रदेशबाट गत आर्थिक वर्ष २०८२/८३ मा १ लाख ७९ हजार ३९ जना वैदेशिक रोजगारीमा गएको तथ्यांक सार्वजनिक भएको छ । सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा प्रदेशका १४४ जना युवाले ज्यान गुमाएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले वैदेशिक रोजगारीसम्बन्धी…


  • भोटेकोशी बाढीले बैंकका शाखा कार्यालयमा ठूलो क्षति

    भोटेकोशी बाढीले बैंकका शाखा कार्यालयमा ठूलो क्षति

    रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले बस्तीका साथै आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुर्‍याएको छ । बाढीले टिमुरे बस्ती नै बगाएपछि त्यहाँ रहेका बैंकका शाखा कार्यालयसमेत प्रभावित भएका हुन् । टिमुरेमा माछापुच्छ्रे, सानिमा, नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई तथा…

  • रसुवाको बाढीले ऊर्जा पूर्वाधारमा व्यापक क्षति

    रसुवाको बाढीले ऊर्जा पूर्वाधारमा व्यापक क्षति

    रसुवामा बुधबार आएको भीषण बाढीले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा विद्युत् वितरण संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा रसुवा र आसपासका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’…

  • भोटेकोशीमा भीषण बाढी : रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति

    भोटेकोशीमा भीषण बाढी : रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति

    तिब्बततर्फबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ । बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट अचानक आएको भीषण बाढीका कारण रसुवाको भोटेकोशी नदीमा आएको बाढी विनाशकारी बन्न पुगेको हो । अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र…

  • टेलिकमद्वारा अब एकैपटक हजारौं भ्वाइस म्यासेज पठाउन सकिने

    टेलिकमद्वारा अब एकैपटक हजारौं भ्वाइस म्यासेज पठाउन सकिने

    नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेटसम्मको प्रि–रेकर्ड गरिएको व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजको रुपमा पठाउन सकिने आउटबाउन्ड आईभीआर सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरुका लागि उपयोगी हुने टेलिकमले जनाएको छ । कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरुप…

  • प्रभु महालक्ष्मी लाइफको ४ लाख ६९ हजार कित्ता शेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफको ४ लाख ६९ हजार कित्ता शेयर बिक्रीमा

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले यसअघि उक्त शेयर साविकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर, तोकिएको समयसीमा ३५ दिनसम्म कुनै पनि शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणका…

  • बैंक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विवाद पूर्ण इजलासमा

    बैंक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विवाद पूर्ण इजलासमा

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने वा नगराउने विषयमा पाँच वर्षदेखि जारी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कोषमा आबद्ध हुन बाध्य नपार्न माग गर्दै दायर गरेको रिटमाथि अब तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो…

  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.१३ प्रतिशत ब्याजदरमा गाडी कर्जा

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.१३ प्रतिशत ब्याजदरमा गाडी कर्जा

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ । यस योजना…

  • मुक्तिनाथ विकास बैंकद्वारा ५.५४ प्रतिशत ब्याजदरमै अटो लोन दिइने

    मुक्तिनाथ विकास बैंकद्वारा ५.५४ प्रतिशत ब्याजदरमै अटो लोन दिइने

    मुक्तिनाथ विकास बैंकले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो आधार दर (वेस रेट) मा शून्य प्रतिशत प्रिमियम थप गरी मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको हो । नाडा अटो शोमा सवारी…

  • नाडा अटो शोमा सस्तो कर्जाको प्रतिस्पर्धा, कुन बैंकको कति ?

    नाडा अटो शोमा सस्तो कर्जाको प्रतिस्पर्धा, कुन बैंकको कति ?

    नाडा अटो शो, २०२६ लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाबीच सस्तो र प्रतिस्पर्धी ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने होड चलेको छ । सवारीसाधन खरिद गर्ने ग्राहक आकर्षित गर्न विभिन्न बैंक तथा वित्तीय संस्थाले ५.०२ प्रतिशतदेखि ब्याजदरमा अटो कर्जा योजना सार्वजनिक गरेका छन् । उपलब्ध योजनामध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा…

  • नेप्से घटेर २५९४.२७ विन्दुमा, कारोबार रकम भने बढ्यो

    नेप्से घटेर २५९४.२७ विन्दुमा, कारोबार रकम भने बढ्यो

    साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई दिनदेखि घटिरहेको नेप्से आज मंगलबार ५.३० अंक घटेर २५९४.२७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ । नेप्से घटेपनि आज…

Scroll to Top