स्वदेशी स्याउलाई प्राथमिकता दिँदै आयात नियन्त्रण गर्न सांसद शाहीको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट हुने स्याउको आयात नियन्त्रण गर्दै नेपाली किसानले उत्पादन गरेको स्याउलाई बजार उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद शाहीले नेपाली किसानले ठूलो मेहनत र लगानी गरेर उत्पादन गरेको स्याउ बजार अभावका कारण बारीमै थन्किने अवस्था रहेको बताए।…

