Banijya News

समाचार

‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’

‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन् । आज डोलेश्वर महादेव संरक्षण […]

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत प्राप्त गर्ने प्रणाली विकास गरेको छ । अस्पतालको वेबसाइटमा गएर रिपोट हेर्न सकिने व्यवस्था गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार ‘ल्याब रिपोर्ट’मा क्लिक गरेपछि युजरनेम र पासवर्ड राख्ने विकल्प आउँछ, जुन उपचार शुल्क तिर्दा प्राप्त बिलमा नै उल्लेख गरिएको हुन्छ…


  • देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ। यो गत वर्षको तुलनामा १.९२ प्रतिशतले धेरै हो। विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ। विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम…

  • अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

    अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

    किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र…

  • सीमावर्ती नागरिकलाई दुःख नदिने, तस्करीविरुद्ध निर्मम हुने अर्थमन्त्री वाग्लेको भनाइ

    सीमावर्ती नागरिकलाई दुःख नदिने, तस्करीविरुद्ध निर्मम हुने अर्थमन्त्री वाग्लेको भनाइ

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती क्षेत्रका सर्वसाधारणले घरायसी प्रयोजनका लागि सीमापारिबाट सामान ल्याउँदा अनावश्यक दुःख नदिने बताएका छन्। तर, संगठित तस्करी र राजस्व चुहावटमा संलग्न समूहविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने उनको भनाइ छ। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी मुख्यालय वनस्थलीमा आयोजित ‘नागरिक, नीति र नेतृत्व’ विषयक अन्तर्क्रियामा बोल्दै…

  • वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न बाटो खुल्यो, सेयर सीमामा थप कडाइ

    वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न बाटो खुल्यो, सेयर सीमामा थप कडाइ

    वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू नेपाल राष्ट्र बैंकको गभर्नर बन्न योग्य हुनेगरी नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सहमति जुटेको छ । संघीय संसद्को अर्थ समितिमा भएको विधेयकमाथिको दफावार छलफलका क्रममा यस्तो सहमति भएको हो । यसअघि प्रस्तावित विधेयकमा वाणिज्य बैंकका सीईओहरू गभर्नर बन्न नपाउने व्यवस्था राखिएको थियो…

  • एनआईसी एशिया बैंकद्वारा कृष्ण माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    एनआईसी एशिया बैंकद्वारा कृष्ण माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    एनआईसी एशिया बैंकले छैमले, दक्षिणकाली नगरपालिका–८, काठमाडौंमा रहेको कृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका विद्यार्थीहरुलाई सहयोग…

  • गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी बाटो खोल्ने सरकारको संकेत

    गाँजाको व्यावसायिक उत्पादनलाई कानुनी बाटो खोल्ने सरकारको संकेत

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा शुक्रबार सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्री वाग्लेले गाँजाको उत्पादन तथा…

  • मतदाता नामावली अद्यावधिक गर्न आयोगको अनुरोध

    मतदाता नामावली अद्यावधिक गर्न आयोगको अनुरोध

    निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले अद्यावधिकका लागि असोज १ गते वेवसाइटमा मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले, आवश्यक सूचनासहित सम्बन्धित निर्वाचन…

  • विदेशमा रहेका नेपालीले दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

    विदेशमा रहेका नेपालीले दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नसक्ने

    विदेशमा रहेका नेपालीले अबदेखि त्यही रहेको नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रमाणीकरण गर्नसक्ने भएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । विभागले जारी गरेको सूचनामा भनिएको छ– विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी…

  • महिना दिनमै तीन लाखभन्दा बढी मोबाइल आयात, चार अर्बभन्दा बढी रकम विदेशियो

    महिना दिनमै तीन लाखभन्दा बढी मोबाइल आयात, चार अर्बभन्दा बढी रकम विदेशियो

    नेपालमा मोबाइल फोनको माग उच्च रहेको देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै ३ लाख ३५ हजार ४७३ थान मोबाइल फोन नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार ती मोबाइल आयात गर्दा नेपालबाट ४ अर्ब ४ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको…

  • गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने १४२ उद्योगविरुद्ध मुद्दा

    गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने १४२ उद्योगविरुद्ध मुद्दा

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने गरी गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन र बिक्री–वितरण गर्ने १४२ उद्योग तथा व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले आर्थिक वर्ष २०८२/८३ मा गरेको बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा मापदण्डविपरीत भेटिएका फर्म तथा उद्योगविरुद्ध कानुनी कारबाही अघि…

Scroll to Top