सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रतिफल घोषणा
सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रतिफल घोषणा गरिएको छ । सिद्धार्थ बैंक कोष प्रवर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको यो खुलामुखी योजनाको प्रतिफल वितरण गर्न लागिएको हो । उक्त योजनाको इकाइधनीलाई गत आवका लागि तीन प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गरिने भएको छ । शुक्रबारसम्म कायम रहेका इकाइधनीले…

