गोदावरी फूल प्रदर्शनीमा १ करोड ४६ लाखभन्दा बढीको व्यापार
ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। प्रतिकूल मौसमका बाबजुद प्रदर्शनीमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहनुका साथै फूल तथा पुष्पजन्य सामग्रीको बिक्रीसमेत उत्साहजनक भएको आयोजकले जनाएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सम्पन्न प्रदर्शनीको अन्तिम दिन बुधबार मात्रै २४ लाख ९०…

