एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग गरेको बैंकिङ कसुरमा पक्राउ
प्रभु बैंकबाट लिएको करोडौँ रुपैयाँ कर्जा दुरुपयोग गरेको अभियोगमा एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पक्राउ परेका छन्। ५८ वर्षीय शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार काठमाडौंको पिङ्गलास्थानबाट नियन्त्रणमा लिएको हो। उच्च अदालत पाटनको अनुमति लिएर पक्राउ गरिएका शर्मामाथि बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत कानुनी…

