Banijya News

अर्थनीति

वित्तीय अपराधको अनुसन्धान अन्तिम चरणमा : अर्थमन्त्री वाग्ले

वित्तीय अपराधको अनुसन्धान अन्तिम चरणमा : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू र प्रधानमन्त्रीमाथि वित्तीय अपराधमा संलग्न भनिएको एउटा ठूलो समूहबाट नियोजित रूपमा आक्रमण र घेराबन्दी भइरहेको गम्भीर […]

हिमालयन रि–इन्स्योरेन्सको नाफामा ठूलो धक्का, साढे ४ अर्ब रुपैयाँ घाटामा

हिमालयन रि–इन्स्योरेन्सको नाफामा ठूलो धक्का, साढे ४ अर्ब रुपैयाँ घाटामा

  चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालको निजी क्षेत्रको पहिलो पुनर्बिमा कम्पनी हिमालयन रि–इन्स्योरेन्स लिमिटेड ठूलो वित्तीय दबाबमा देखिएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्म ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालु आवको सोही अवधिमा ४ अर्ब ४३ करोड ५२ लाख रुपैयाँ ऋणात्मक…


  • नेप्सेमा १.५४ अंकको गिरावट, कारोबार ६ अर्बमाथि

    नेप्सेमा १.५४ अंकको गिरावट, कारोबार ६ अर्बमाथि

    साताको कारोबार दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा कायम भएको । नेप्सेमा कुल ३५७ कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ ।…

  • तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारको साढे ४ अर्ब अनुदान

    तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारको साढे ४ अर्ब अनुदान

    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले तनहुँ जिल्लाका स्थानीय तहहरूका लागि साढे चार अर्बभन्दा बढीको वित्तीय हस्तान्तरण गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका १० वटा स्थानीय तहका लागि विभिन्न चार शीर्षकमा कुल ४ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको हो। यसपटकको बजेटमा जिल्लाको…

  • राष्ट्र बैंकद्वारा डिजिटल कर्जाको सीमा १० लाख कायम

    राष्ट्र बैंकद्वारा डिजिटल कर्जाको सीमा १० लाख कायम

    नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार अब लघु, साना तथा मझौला व्यवसायीले पनि डिजिटल माध्यमबाट कर्जा प्राप्त गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको संशोधित मार्गदर्शनअनुसार डिजिटल कर्जालाई थप…

  • बोरा किन्न नसक्दा उदयपुर सिमेन्टको साढे ६ करोडको सिमेन्ट अलपत्र

    बोरा किन्न नसक्दा उदयपुर सिमेन्टको साढे ६ करोडको सिमेन्ट अलपत्र

    राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा फसेको छ। प्याकिङ गर्नका लागि बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँबराबरको सिमेन्ट गोदाममै थन्किएको छ। उदयपुर सिमेन्ट उद्योगमा ‘प्याकिङ बोरा’ अभाव हुँदा करिब साढे ६ करोड रुपैयाँबराबरको सिमेन्ट अलपत्र परेको हो। देशकै पुरानो तथा सरकारी स्वामित्वको उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्ट…

  • करको दर हेरफेर बन्यो अर्थमन्त्रीलाई गलपासो, संसदीय छानबिन हुनुपर्ने माग

    करको दर हेरफेर बन्यो अर्थमन्त्रीलाई गलपासो, संसदीय छानबिन हुनुपर्ने माग

    आर्थिक विधेयकमा गरिएको करको दर हेरफेरको विषय संसदसम्म पुगेको छ । विपक्षी दलहरूले करका दर हेरेफेरको विषय गम्भीर भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन् । प्रतिपक्षी र सत्तापक्षकै केही सांसदहरूले करका दर हेरफेर, विधेयकका पृष्ठ गायब पारिएको विषय र त्यसअघि नै कर परिवर्तनको सूचना चुहावट…

  • नेप्सेमा २०.२७ अकंको गिरावट, ३ अर्ब ८ करोड माथिको कारोबार

    नेप्सेमा २०.२७ अकंको गिरावट, ३ अर्ब ८ करोड माथिको कारोबार

    पछिल्ला केहि कारोबारदिन देखि सेयर बजारका लगातार गिरावट आएको छ । यसदिन नेप्से परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा कायम भएको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घट्दा वित्त उपसमूह मात्र सामान्य रूपमा बढेको छ। व्यापार उपसमूह सबैभन्दा बढी १।७७ प्रतिशतले घटेको छ भने विकास बैंक र अन्य उपसमूहमा…

  • बजेटमा सकारात्मक संकेत तर पूर्ण विश्वसनीयता अझै बाँकी : अन्जन श्रेष्ठ

    बजेटमा सकारात्मक संकेत तर पूर्ण विश्वसनीयता अझै बाँकी : अन्जन श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को बजेटले निजी क्षेत्रलाई केही हदसम्म अलमल्याएको भए पनि समग्रमा सुधारका संकेतहरू देखिएकाले यसलाई सावधानीपूर्वक स्वागत गर्नुपर्ने बताएका छन । महासंघद्वारा आयोजित ’नीति संवाद’ मा बोल्दै उनले बजेटलाई केवल वार्षिक आय–व्ययको विवरण मात्र नभई देशको आर्थिक दिशानिर्देश गर्ने दस्तावेजका रूपमा…

  • लघुवित्तको महँगो ब्याजदर ट्याग हटाउन राष्ट्र बैंकको सक्रियता आवश्यक

    लघुवित्तको महँगो ब्याजदर ट्याग हटाउन राष्ट्र बैंकको सक्रियता आवश्यक

    नेपालको वित्तीय क्षेत्रमा गरिब तथा विपन्न वर्गसम्म बैंकिङ पहुँच पुर्‍याउन लघुवित्त संस्थाहरूको योगदान अतुलनीय रहे तापनि पछिल्लो समय यो क्षेत्र चर्को ब्याजदरको आक्षेप र वित्तीय जोखिमको चपेटामा परेको छ। विनाधितो कर्जा प्रवाह गर्ने विशिष्ट प्रकृतिका कारण लघुवित्तको कर्जा जोखिम र सञ्चालन लागत अन्य वाणिज्य बैंकहरूको तुलनामा स्वभावैले बढी हुन्छ। हाल…

  • नबिल बैंकको एनबैंक एपबाटै भारतमा पैसा पठाउन सकिने

    नबिल बैंकको एनबैंक एपबाटै भारतमा पैसा पठाउन सकिने

    नबिल बैंकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल रकम स्थानान्तरण गर्न सकिने गरी 'नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन-टु-पर्सन रेमिटेन्स' सेवाको सुरुवात गरेको छ। नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस  सँगको रणनीतिक सहकार्यमा सञ्चालनमा ल्याइएको यो अत्याधुनिक डिजिटल भुक्तानी सेवाले दुई देशबीचको वित्तीय सामीप्यतालाई थप बलियो बनाउने विश्वास गरिएको…

  • मर्जरको एजेन्डासहित सप्तकोशी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

    मर्जरको एजेन्डासहित सप्तकोशी डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

    सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आगामी असार १४ गतेका लागि आह्वान गरेको छ। गत जेठ २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र स्थान तय गर्दै सेयरधनीहरूलाई औपचारिक रूपमा आमन्त्रण गरेको हो। यस पटकको साधारणसभाको मुख्य एजेन्डाको रूपमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने…

Scroll to Top