कोरला नाकाबाट १७ सय युनिट ईभी आयात
मुस्ताङस्थित कोरला नाका हुँदै दुई महिनामा १ हजार ७ सय २६ युनिट विद्युतीय कार (ईभी) आयात भएका छन् । गत भदौ ३० गतेदेखि कात्तिक मसान्तसम्म चीनबाट कोरला नाका हुँदै उक्त संख्यामा ईभी नेपाल ल्याइएको हो । असोज (भदाै २ दिनसहित)मा १४९८ युनिट र कात्तिकमा २२८ युनिट ईभी भित्रिएका हुन् ।…

