वाणिज्य बैंकका कर्मचारीको अवकाश कोष अब सञ्चय कोषले हेर्ने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धमा समझदारी भएको छ। ललितपुरस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषका निमित्त प्रशासक जीवन कुमार कटुवालले हस्ताक्षर…

