२८ महिनादेखि आईपीओ रोकिँदा ऊर्जा क्षेत्रलाई १ खर्ब ८ अर्बको क्षति
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पछिल्लो २८ महिनादेखि प्राथमिक सेयर निष्कासन (आईपीओ) अवरुद्ध हुँदा समग्र ऊर्जा क्षेत्रलाई ठूलो आर्थिक क्षति भएको जनाएको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत इप्पानले करिब १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको छ। इप्पानका अनुसार हालसम्म ९…

