डेडिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तान नगरे कारबाही
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् सेवा उपभोग गरिरहेका ग्राहकहरूलाई २१ दिनभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न अल्टिमेटम दिएको छ। आज (२०८२-०६-२६) एक सूचना जारी गर्दै प्राधिकरणले यसअघिका सम्पूर्ण पुनरावलोकन सम्बन्धी कामकारबाही खारेज भएको जनाएको छ। प्राधिकरण सञ्चालक समितिको २०८२-०६-१० को निर्णयअनुसार, ग्राहकहरूले आगामी २०८२-०७-१७ गतेभित्र बक्यौता…

