इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र योगदानको रकम बुझाउन मन्त्रालयको ताकेता
वर्षौंदेखि विवादका रूपमा रहेको इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूको बक्यौता, लाइसेन्स नवीकरण तथा नियामकीय शुल्कसम्बन्धी समस्या समाधान गर्न सरकारले पहल तीव्र बनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा बुझाउनुपर्ने योगदान तथा लाइसेन्स नवीकरणसँग सम्बन्धित विषयलाई कानुनी र नीतिगत रूपमा टुंग्याउने…

