Banijya News

समाचार

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ योजना

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ योजना

माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा ग्राहकको सहभागिता सहज बनाउन आफ्‌नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा […]

राजस्व लक्ष्यतर्फ सुधारको बाटोमा मेची भन्सार, लक्ष्यको ९३.३० प्रतिशत संकलन

राजस्व लक्ष्यतर्फ सुधारको बाटोमा मेची भन्सार, लक्ष्यको ९३.३० प्रतिशत संकलन

राजस्व लक्ष्यतर्फ निरन्तर सुधार गरिरहेको मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ९३.३० प्रतिशत राजस्व संकलन गरेको छ । पछिल्ला चार आर्थिक वर्षमा कार्यालयको लक्ष्य प्राप्ति दर ७०.२१ प्रतिशतबाट बढेर ९३.३० प्रतिशतमा पुगेको छ । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु १८ अर्ब ८८ करोड ७७ लाख…


  • एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

    एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ । यस्तै, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित…

  • करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँ खर्च गरेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    करदाता प्रोत्साहन योजनाः २५० रुपैयाँ खर्च गरेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँबराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार जितेका छन् । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार विजेता घोषणा गरिएको हो । उक्त कार्यक्रमको पहिलो घोषणा समारोह सम्पन्न भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री…

  • कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

    कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

    कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनवटा योजनाको लाभांश घोषणा भएको छ । योजना व्यवस्थापक कुमारी क्यापिटलका अनुसार, सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि कुमारी इक्विटी फन्ड, कुमारी…

  • केन्द्रीय बैंकद्वारा खुला बजार कारोबार कार्यविधिको नवौँ संशोधन जारी, नयाँ कार्यविधिमा के छ ?

    केन्द्रीय बैंकद्वारा खुला बजार कारोबार कार्यविधिको नवौँ संशोधन जारी, नयाँ कार्यविधिमा के छ ?

    बैंक तथा वित्तीय संस्थाहरूसँग गरिने खुला बजार कारोबारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबार कार्यविधि, २०७८’ मा नवौँ संशोधन २०८३ जारी गरेको छ । संशोधित कार्यविधिबाट मौद्रिक नीतिका उद्देश्यहरू प्राप्त गर्न र वित्तीय बजारमा ब्याजदर तथा तरलतालाई तोकिएको सीमाभित्र राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ…

  • सर्वोच्चद्वारा अपुतालीबारे महत्वपूर्ण फैसला, हकदावी प्रमाणित नभएका जग्गा सरकारी हुने

    सर्वोच्चद्वारा अपुतालीबारे महत्वपूर्ण फैसला, हकदावी प्रमाणित नभएका जग्गा सरकारी हुने

    कुनै सम्पत्ति वा जग्गाको हकदावी गर्ने पक्षले मृतक जग्गाधनीसँगको आफ्‌नो कानुनी नाता र हक ठोस रूपमा प्रमाणित गर्न नसकेमा त्यस्तो सम्पत्ति अब राज्यको (सरकारी) हुने भएको छ । सर्वोच्च अदालतले भक्तपुरको सिपाडोलस्थित बहुमूल्य जग्गाको स्वामित्व सम्बन्धी विवादमा महत्वपूर्ण फैसला गर्दै यस्तो नजीर प्रतिपादन गरेको हो । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल…

  • डिजिटल भुक्तानी सेवाले उजागर गर्यो सुरक्षा र सुशासनको संकट

    डिजिटल भुक्तानी सेवाले उजागर गर्यो सुरक्षा र सुशासनको संकट

    नेपालमा तीव्र रूपमा विस्तार भइरहेको डिजिटल भुक्तानी प्रणालीभित्र गम्भीर सुरक्षा, सुशासन र नियामक अनुपालनसम्बन्धी कमजोरीहरू रहेको तथ्य नेपाल राष्ट्र बैंकको पछिल्लो निरीक्षणबाट सार्वजनिक भएको छ। मोबाइल वालेट, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी), साइबर सुरक्षा, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको पाइएको हो।…

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

    स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलाम बिक्री प्रक्रियासँग सम्बन्धित अनुसन्धानले नयाँ मोड लिएको छ। बैंकिङ क्षेत्र, कानुनी प्रक्रिया र नियामक निकायको भूमिकालाई लिएर चासो बढिरहेका बेला सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित सञ्चालकहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। स्मार्ट टेलिकमको सम्पत्ति सरकारी स्वीकृतिविना बैंकले लिलाम गरेको…

  • पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्य प्रणालीमा व्यापक सुधार गरिने

    पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्य प्रणालीमा व्यापक सुधार गरिने

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत र प्रक्रियागत परिवर्तन सुरु गरेको जानकारी दिएका छन् । सिंहदरबारमा विहीबार आयोजित अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको पुरानो प्रवृत्तिलाई तोड्दै ८० देखि १०० प्रतिशतसम्म पुँजीगत खर्च गर्ने वातावरण निर्माण गर्न सरकार सचेत रहेको बताएका…

  • नयाँ दूरसञ्चार विधेयक ल्याउने सरकारको तयारी, तीन दशक पुरानो ऐन प्रतिस्थापन गरिँदै

    नयाँ दूरसञ्चार विधेयक ल्याउने सरकारको तयारी, तीन दशक पुरानो ऐन प्रतिस्थापन गरिँदै

    सरकारले तीन दशक पुरानो दूरसञ्चार ऐनलाई प्रतिस्थापन गर्दै नयाँ दूरसञ्चार विधेयक ल्याउने प्रक्रिया सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र सार्वजनिक गर्दै प्रविधिमा आएको द्रुत विकास र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नयाँ कानुनी व्यवस्थाका लागि आधार तय गरेको जनाएको छ । कानुन निर्माण प्रक्रिया…

Scroll to Top