Banijya News

राजनीति

देवानगञ्ज घटनाको छानबिन माग्दै विराटनगरमा प्रदर्शन, प्रशासन कार्यालयअघि ‘बालेन सरकार’विरुद्ध नाराबाजी

देवानगञ्ज घटनाको छानबिन माग्दै विराटनगरमा प्रदर्शन, प्रशासन कार्यालयअघि ‘बालेन सरकार’विरुद्ध नाराबाजी

सुनसरीको देवानगञ्ज-कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटनापछि दोषीमाथि कडा कारबाहीको माग गर्दै मोरङको सदरमुकाम विराटनगरमा विभिन्न हिन्दुवादी संघ–संगठनले विरोध प्रदर्शन गरेका […]

कुलमानमाथि छानबिन, तीन सदस्यीय समिति गठन; के होला भविष्य ?

कुलमानमाथि छानबिन, तीन सदस्यीय समिति गठन; के होला भविष्य ?

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा अघि बढाइएका ट्रान्सफर्मर, विद्युत मिटर खरिद तथा भूमिगत विद्युत वितरण (अन्डरग्राउन्ड केबल) परियोजनासहित विभिन्न योजनामाथि छानबिन हुने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको…


  • सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक, शान्ति–सुरक्षाबारे उच्चस्तरीय समीक्षा

    सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक, शान्ति–सुरक्षाबारे उच्चस्तरीय समीक्षा

    देशको पछिल्लो सुरक्षा अवस्था, सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय चुनौतीबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बोलाइएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा देशभरको शान्ति–सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा चुनौती तथा संवेदनशील…

  • लुम्बिनी प्रदेश अब आठ मन्त्रालयमा सीमित, कुन–कुन हटे ?

    लुम्बिनी प्रदेश अब आठ मन्त्रालयमा सीमित, कुन–कुन हटे ?

    लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालय संख्या घटाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बाहेक आठ मन्त्रालय रहने गरी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८३ स्वीकृत गरेको हो । यसअघि लुम्बिनी प्रदेशमा १२ मन्त्रालय रहेका थिए । मन्त्रालय पुनर्संरचना गरेसँगै…

  • निर्वाचन आयोगमा नयाँ नेतृत्व, प्रस्तावित तीनैजना अनुमोदित

    निर्वाचन आयोगमा नयाँ नेतृत्व, प्रस्तावित तीनैजना अनुमोदित

    निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तका लागि सिफारिसहरूको नाम सर्वसम्मत अनुमोदन भएको छ । आयोगका प्रस्तावित आयुक्तहरू संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदित भएका हुन् । आज बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की अनुमोदित भएका हुन् । त्यस्तै, हिजो मंगलबार सुनुवाइ समितिको सामना गरेका प्रस्तावित…

  • राजनीतिक दलहरुले गरे सातबुँदे अपील, शान्तिपूर्ण संवादबाट सहमति गर्न आग्रह

    राजनीतिक दलहरुले गरे सातबुँदे अपील, शान्तिपूर्ण संवादबाट सहमति गर्न आग्रह

    हालै सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्था, अशान्ति र सामाजिक तथा धार्मिक सद्भाव खलबलिने जोखिमप्रति ध्यानाकर्षण गराउँदै बसेको राजनीतिक दलहरूको संयुक्त बैठकले सातबुँदे अपील जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकमा नौ राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएका थिए । बैठकले सातबुँदामा संयुक्त धारणा सार्वजनिक…

  • सुनसरी घटनापछि सर्वदलीय छलफल, सरकारका प्रमुख प्रतिनिधिको अनुपस्थितिले उठ्यो प्रश्न

    सुनसरी घटनापछि सर्वदलीय छलफल, सरकारका प्रमुख प्रतिनिधिको अनुपस्थितिले उठ्यो प्रश्न

    सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव, सामाजिक सद्भाव र शान्ति–सुरक्षाको अवस्थाबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक बुधबार सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भए पनि सरकारका प्रमुख जिम्मेवार प्रतिनिधि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थिति चर्चाको विषय बनेको छ। सार्वजनिक…

  • देवानगञ्ज घटनापछि राजनीतिक सक्रियता बढ्यो, रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    देवानगञ्ज घटनापछि राजनीतिक सक्रियता बढ्यो, रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

    सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार सर्वदलीय बैठक बोलाएको छ। सामाजिक सद्भाव, शान्ति–सुरक्षा र राष्ट्रिय एकताको सन्देश दिन उद्देश्यसहित आयोजना गरिएको उक्त बैठक बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने तय भएको रास्वपाले जनाएको छ। बैठकमा संघीय…

  • कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदै

    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदै

    मंगलबार निधन भएका कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज अन्त्यष्टि गरिँदैछ। त्यस अघि पार्टी कार्यालयमा विहान ८ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिने छ । क्यान्सर पीडित श्रेष्ठको हिजो जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको थियो। श्रेष्ठ २०७० को संविधानसभा चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका…

  • काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

    काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

    नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिएका छन् । पूर्वमन्त्री श्रेष्ठका अनुसार दिवंगत नेताको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा…

  • उद्योग मन्त्री यादव र रुसी राजदूतबीच शिष्टाचार भेटवार्ता

    उद्योग मन्त्री यादव र रुसी राजदूतबीच शिष्टाचार भेटवार्ता

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । आज मंगलबार भएको उक्त भेटका क्रममा नेपाल र रुसबीचको व्यापार तथा आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ । साथै, व्यापार सहजीकरणमा सहकार्य बढाउने र दुई…

  • सांसदहरूलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चद्वारा जवाफ माग

    सांसदहरूलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चद्वारा जवाफ माग

    संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा गरिएको संशोधनका सम्बन्धमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । अधिवक्ता डा. प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक…

Scroll to Top