यातायात कार्यालय नवलपरासीद्वारा २३ करोड राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ३० लाख १६ हजार २२ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायतका विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख टेकबहादुर नेपालीले बताए । उनले भने,“यो अवधिमा…

