तिनाउको बाढीले बुटवल ११ मा ६ घर बगायो, २०० परिवार सुरक्षित स्थानमा सारिए
अविरल वर्षासँगै तिनाउ नदीमा आएको ठूलो बाढीले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ स्थित टप मझुवा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। उफानमा रहेको नदीको तीव्र बहावले तटीय बस्तीका दुई वटा पक्की र चार वटा कच्ची गरी कुल ६ वटा घर पूर्ण रूपमा बगाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढी बस्तीमै…

