Banijya News

समाचार

बाटोमै रोकिएका सामानलाई वैकल्पिक भन्सार नाकाबाट पैठारी गर्न दिइने

बाटोमै रोकिएका सामानलाई वैकल्पिक भन्सार नाकाबाट पैठारी गर्न दिइने

रसुवा भन्सार कार्यालय हुँदै पैठारीका लागि आवश्यक कागजात जारी भई ढुवानीका क्रममा बाटोमा रहेका वस्तुलाई वैकल्पिक भन्सार नाका प्रयोग गरी […]

बाढीपीडितका लागि एनआरएनएको पाँच करोडको राहत प्याकेज घोषणा

बाढीपीडितका लागि एनआरएनएको पाँच करोडको राहत प्याकेज घोषणा

त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहायता परिचालन गर्ने भएको छ । संघले प्रारम्भिक चरणमै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन थालेको जनाएको छ । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना…


  • बाढीपीडितको आर्थिक पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउँदै सरकार

    बाढीपीडितको आर्थिक पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउँदै सरकार

    सरकारले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक तथा व्यावसायिक संस्थाका लागि विशेष सहुलियत र पुनर्स्थापना प्याकेज ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थान, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिँदै अर्थ मन्त्रालयलाई विशेष प्याकेज तयार…

  • राष्ट्र बैंकले विपद् राहतदेखि आधार दरसम्म बैंकिङ व्यवस्थामा गर्‍यो नयाँ संशोधन

    राष्ट्र बैंकले विपद् राहतदेखि आधार दरसम्म बैंकिङ व्यवस्थामा गर्‍यो नयाँ संशोधन

    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) र आधार दर गणना विधिमा महत्वपूर्ण संशोधन गरेको छ । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ मा संशोधन गर्दै प्राकृतिक प्रकोप तथा महामारीबाट प्रभावित नागरिकको औषधोपचार, उद्धार तथा राहतमा हुने खर्चलाई समेत सीएसआरअन्तर्गत…

  • नेपाल बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

    नेपाल बैंकद्वारा बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

    नेपाल बैंक लिमिटेडले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुग्न गएकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई सहयोग उपलब्ध गराउन बैंकले सो…

  • कुमारी बैंकको ३१ हजार कित्ता संस्थापक शेयर बिक्री गरिने

    कुमारी बैंकको ३१ हजार कित्ता संस्थापक शेयर बिक्री गरिने

    कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले यसअघि विद्यमान प्रावधान बमोजिम बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर, ३५ दिनसम्म पनि आवेदन नआएपछि अब उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।…

  • चीनतर्फ थुनिएको ताल फुटेपछि रसुवाको नदी तटीय क्षेत्रमा सतर्कता

    चीनतर्फ थुनिएको ताल फुटेपछि रसुवाको नदी तटीय क्षेत्रमा सतर्कता

    चीनको तिब्बत स्वायत्त क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरो तथा भग्नावशेषका कारण बनेको थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएपछि सम्भावित बाढी तथा त्यसबाट हुन सक्ने क्षतिलाई…

  • भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्रीको निर्देशन

    भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्रीको निर्देशन

    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै मन्त्री पोखरेलले विश्वविद्यालयसम्बन्धी विद्यमान ऐनबाट प्राप्त अधिकार प्रयोग गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्…

  • भारतमा भेटियो सात वटा शव, रसुवा बाढीले बगाएको हुनसक्ने आँकलन

    भारतमा भेटियो सात वटा शव, रसुवा बाढीले बगाएको हुनसक्ने आँकलन

    भारतको उत्तरप्रदेशमा सात वटा शव भेटिएको छ । उक्त शव रसुवा बाढीले बगाएको हुनसक्ने अनुमान गरिएको छ । भारत, उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बताइएको छ । बीबीसी हिन्दीका अनुसार, पाँच महिला र दुई पुरुषको शव फेला परेको…

  • चाँगुनारायण नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख सहयोग

    चाँगुनारायण नगरपालिकाद्वारा बाढी पीडितका लागि ५० लाख सहयोग

    चाँगुनारायण नगरपालिकाले रसुवाको भोटेकोशी बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको छ । स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन उक्त रकम प्रदान गर्ने निर्णय गरेको…

  • रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको हातेमालो, २४ घण्टामै अर्बौं सहयोग घोषणा

    रसुवा बाढीपीडितका लागि निजी क्षेत्रको हातेमालो, २४ घण्टामै अर्बौं सहयोग घोषणा

    रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँगै निजी क्षेत्र, उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था र स्थानीय तहले सक्रियता बढाएका छन् । बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम तीव्र भएको हो । बाढीपछि सरकारले प्रधानमन्त्री दैवी…

  • रसुवा बाढीमा ४० यात्रुवाहक बस बेपत्ता, यात्रुसहित दर्जनौँ यातायातकर्मी सम्पर्कविहीन

    रसुवा बाढीमा ४० यात्रुवाहक बस बेपत्ता, यात्रुसहित दर्जनौँ यातायातकर्मी सम्पर्कविहीन

    त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको छ। बाढीका कारण यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरूमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरहरू समेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढीबाट सार्वजनिक सवारीसाधनमा पुगेको क्षतिको पूर्ण विवरण आइनसकेको…

Scroll to Top