पुराना लुममा नयाँ प्रविधि जडानपछि हेटौंडा उद्योगमा कपडा उत्पादन
लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष। साढे दुई दशकदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देखेको दृश्य यही थियो। जीर्ण देखिएका मेसिन नियाल्दा उनका आँसु झरे। तर अहिले त्यही उद्योगमा फेरि लुम (तान)को ‘खटखट’ आवाज गुञ्जिन थालेको छ। “हामी सुरुमा…

