Banijya News

समाचार

जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट

जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट

उपभोक्ताले जुनसुकै कम्पनीको खाली एलपी ग्यास सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा […]

सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्यो, ईपीएसमा सामान्य सुधार

सानिगाड हाइड्रोको नाफा ४३ प्रतिशत बढ्यो, ईपीएसमा सामान्य सुधार

सानिगाड हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४३.३५ प्रतिशतले बढाएको छ । तर कम्पनीको चुक्तापूँजी पनि उल्लेख्य रूपमा बढेकाले नाफा वृद्धिको तुलनामा प्रतिसेयर आम्दानी (ईपीएस) मा भने सामान्य सुधार मात्रै देखिएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार, असोज मसान्तसम्म २२ करोड ८८…


  • नेपाल वेयरहाउजिङको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन खुल्ने

    नेपाल वेयरहाउजिङको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन खुल्ने

    नेपाल वेयरहाउजिङ कम्पनीको सवा ५५ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै ५५ लाख २७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो मंसिर १९ गतेबाट सकिने जानकारी गराएको हो । जसमा संस्थापकको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता…

  • भैरहवा भन्सारबाट राजस्व लक्ष्यभन्दा चार अर्ब बढी संकलन

    भैरहवा भन्सारबाट राजस्व लक्ष्यभन्दा चार अर्ब बढी संकलन

    भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै राजस्व संकलनमा उल्लेख्य प्रगति गरेको छ । साउनदेखि असोज मसान्तसम्म कार्यालयले सरकारले निर्धारण गरेको लक्ष्यभन्दा ४ अर्ब ६ करोड २० लाख रुपैयाँ बढी राजस्व संकलन गरेको हो । भन्सार कार्यालयका अनुसार, पहिलो त्रैमासमा कुल ३३ अर्ब ३४ करोड २०…

  • दुई महिनादेखि ई–जीपी प्रणाली बन्द हुँदा ठेक्का र विकास निर्माण प्रभावित

    दुई महिनादेखि ई–जीपी प्रणाली बन्द हुँदा ठेक्का र विकास निर्माण प्रभावित

    सरकारी ठेक्का तथा सार्वजनिक खरिद प्रक्रियालाई अनलाइन माध्यमबाट सञ्चालन गर्ने विद्युतीय खरिद प्रणाली (ई–जीपी) दुई महिनादेखि बन्द हुँदा सरकारी खरिद प्रक्रिया प्रभावित भएको छ । प्रणाली ठप्प भएपछि विभिन्न सरकारी निकायले सञ्चालन गर्नुपर्ने बोलपत्र आह्वान, प्रस्ताव दर्ता तथा ठेक्का प्रक्रियामा ढिलाइ भएको हो । यसको असर विकास निर्माणका आयोजनामा समेत…

  • बाढीको क्षतिबाट उठ्दै माण्डु हाइड्रोपावरको नाफा ३३२ प्रतिशतले बढ्यो

    बाढीको क्षतिबाट उठ्दै माण्डु हाइड्रोपावरको नाफा ३३२ प्रतिशतले बढ्यो

    बाढीपहिरोका कारण क्षतिग्रस्त जलविद्युत् आयोजना पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याउनुका साथै थप विद्युत् उत्पादन सुरु भएपछि माण्डु हाइड्रोपावर लिमिटेडको वित्तीय अवस्थामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको विद्युत् बिक्री आम्दानी दोब्बरभन्दा बढीले बढ्दा खुद नाफा ३३१.९५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले सार्वजनिक…

  • के सरकार विरुद्ध विपक्षीको मोर्चाबन्दी गर्न थालेकाहुन् ?, संसद् अधिवेशन बोलाउँन किन माग गरे ?

    के सरकार विरुद्ध विपक्षीको मोर्चाबन्दी गर्न थालेकाहुन् ?, संसद् अधिवेशन बोलाउँन किन माग गरे ?

    सरकारका पछिल्ला निर्णय, राज्यका संवैधानिक निकायमाथि उठेका प्रश्न र पत्रकारमाथि भएको प्रहरी धरपकडलाई लिएर विपक्षी दलहरू एकजुट भएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले संघीय संसद्को दुवै सदनको अधिवेशन तत्काल आह्वान गर्न माग गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पहलमा सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको…

  • ऋण लिनुअघि आम्दानी र भुक्तानी क्षमता हेर्न राष्ट्र बैंकको सुझाव

    ऋण लिनुअघि आम्दानी र भुक्तानी क्षमता हेर्न राष्ट्र बैंकको सुझाव

    नेपाल राष्ट्र बैंकले ऋण लिनुअघि आफ्नो आम्दानी, खर्च र भुक्तानी क्षमता मूल्यांकन गर्न सर्वसाधारणलाई सुझाव दिएको छ । कर्जाको उद्देश्य स्पष्ट पारेर मात्रै ऋण लिन र जुन प्रयोजनका लागि कर्जा लिइएको हो, सोही काममा खर्च गर्न बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले कात्तिक…

  • नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य बढाइने

    नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य बढाइने

    नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच सोमबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी…

  • एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखराबीच प्रतिस्पर्धा

    एनपीएलमा आज विराटनगर-जनकपुर र लुम्बिनी-पोखराबीच प्रतिस्पर्धा

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । प्रतियोगिताअन्तर्गत पहिलो खेल आज दिउँसो १२ः३० बजे सुरु हुनेछ । उक्त खेलमा विराटनगर र जनकपुर…

Scroll to Top