अब ट्याक्सी किन्नै नपर्ने सिप्रदीले ल्यायो दैनिक भाडामा टाटा एक्सप्रेस टी चलाउने स्किम
नेपाली सडकमा निजी सवारी साधनमा मात्र नभएर सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी साधन (ईभी) को उपस्थिति तीव्र रूपमा बढिरहेको छ। विशेषगरी सहरी क्षेत्रको यातायातको मेरुदण्ड मानिने ट्याक्सी व्यवसायमा अहिले ठूलो रूपान्तरण देखिन थालेको छ। विगत लामो समयदेखि सडकमा एकछत्र राज गरिरहेका परम्परागत पेट्रोलियम (पेट्रोल/डिजेल) ट्याक्सीहरूलाई विस्थापित गर्दै अहिले नयाँ र…

