खस्किँदो आन्तरिक अर्थतन्त्र: महँगी दोब्बर वृद्धि, विकास खर्च खुम्चियो
नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रका सूचकहरू रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, वैदेशिक व्यापार आदि लगातार सुदृढ बन्दै गएका छन् । तर, आन्तरिक अर्थतन्त्र भने झनै खस्किँदै गएको पाइएको छ । मुद्रास्फीति, बैंक कर्जा, ब्याजदर, आन्तरिक उत्पादन, लगानी, रोजगारी, राजस्व संकलनजस्ता आन्तरिक सूचकहरु पछिल्लो ११ महिनामा उत्साहजनक देखिएका छैनन् । नेपाल…

