‘तेज’ ब्रान्ड तोरी तेल गुणस्तरहीन भएको खाद्यको ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
सिद्धार्थ आयल इन्डस्ट्रिज रुपन्देहीबाट उत्पादित ‘तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको उक्त तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा सरकारले तोकेको अनिवार्य मापदण्डअनुसार नभएको पाइएको हो । विभागका अनुसार सिद्धार्थ आयल इन्डस्ट्रिजबाट…

