Banijya News

समाचार

औद्योगिक लागत घटाउन सरकारसँग सुनसरी–मोरङका उद्योगीको माग

औद्योगिक लागत घटाउन सरकारसँग सुनसरी–मोरङका उद्योगीको माग

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीले औद्योगिक उत्पादनको लागत घटाउन तथा प्रतिस्पर्धात्मक क्षमता बढाउन सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्ने माग गरेका छन् […]

मेची भन्सारबाट दुई अर्ब ८३ करोड राजस्व संकलन

मेची भन्सारबाट दुई अर्ब ८३ करोड राजस्व संकलन

मेची भन्सार कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्षको दुई महिनामा रु. दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु. तीन अर्ब सात करोड ५० लाख राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२.१४ प्रतिशत राजस्व संकलन…


  • Default Image

    बैंकहरूको औसत आधारदर एक वर्षमै १.०६ प्रतिशत विन्दुले घट्यो

    वाणिज्य बैंकहरूको औसत आधारदर थप घटेर ४.७२ प्रतिशतमा झरेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार बैंकहरूको आधारदर निरन्तर घट्दो क्रममा देखिएको हो । तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ को साउनमा वाणिज्य बैंकहरूको औसत आधारदर ५.७८ प्रतिशत…

  • बाढीले बागमतीको पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति

    बाढीले बागमतीको पर्यटनमा ५२ अर्बभन्दा बढी क्षति

    रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बाढीका कारण पर्यटन पूर्वाधारमा ठूलो क्षति हुनुका साथै पर्यटन क्षेत्रमा आबद्ध जनशक्तिको समेत ठूलो मानवीय क्षति भएको बोर्डले जनाएको हो । आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौंमा आयोजित…

  • किन रातारात निवासबाट चोलेन्द्र शम्शेरलाई उठाईयो ? प्रहरी चौकीमा राख्नु सुरक्षाका कारण कि हिरासत ?

    किन रातारात निवासबाट चोलेन्द्र शम्शेरलाई उठाईयो ? प्रहरी चौकीमा राख्नु सुरक्षाका कारण कि हिरासत ?

    पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले शनिबार मध्यराति निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु लगेर करिब १२ घण्टापछि पुनः घर फर्काएको छ । प्रहरीले राणालाई कुनै पक्राउ पुर्जी जारी नगरी ‘सुरक्षा खतरा’को आधारमा कार्यालयमा ल्याइएको जनाएको छ भने घटनाले कानुनी प्रक्रिया र प्रहरीको भूमिकामाथि विभिन्न प्रश्न उठाएको छ । प्रहरी स्रोतका…

  • जलवायु जोखिमअनुकूल पर्यटन सुरक्षा मापदण्ड बनाउन विज्ञको सुझाव

    जलवायु जोखिमअनुकूल पर्यटन सुरक्षा मापदण्ड बनाउन विज्ञको सुझाव

    जलवायु परिवर्तनका कारण मौसमी जोखिम बढ्दै गएको भन्दै नेपालमा पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्नेमा जलवायु विज्ञ डा. ङमिन्द्र दाहालले जोड दिएका छन् । आइतबार विश्व पर्यटन दिवस–२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै दाहालले पर्यटन पूर्वाधार विकास गर्दा जलवायुजन्य जोखिमको आकलनलाई अनिवार्य रूपमा समेट्नुपर्ने बताएका हुन् । बदलिँदो मौसम…

  • प्रतिबद्धता बढे पनि नेपालमा एफडीआईको वास्तविक लगानी न्यून

    प्रतिबद्धता बढे पनि नेपालमा एफडीआईको वास्तविक लगानी न्यून

    नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) को प्रतिबद्धता बढ्दै गए पनि प्रतिबद्धताको तुलनामा वास्तविक लगानी भित्रिने रकम भने न्यून रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षमा प्रतिबद्धताको करिब २५ देखि ३० प्रतिशत मात्रै वास्तविक वैदेशिक लगानीका रूपमा नेपाल भित्रिने गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले…

  • कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

    कालीगण्डकीको बाढीले पर्वतमा ६६ घर बगायो, २३ घर उच्च जोखिममा

    पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ । गए रातिदेखि परेको अविरल वर्षापछि नदीको बहाव बढ्दा फर्सेमा नदी आसपासका घरहरू बाढीको चपेटामा परेका हुन् । सशस्त्र प्रहरीका अनुसार बाढीका कारण हालसम्म ६६ घर पूर्ण रूपमा बगेका छन् । थप २३ घर उच्च जोखिममा परेका…

  • नगर विकास कोष हटाइने, एक खर्ब पुँजीको पूर्वाधार विकास कोष प्रस्ताव

    नगर विकास कोष हटाइने, एक खर्ब पुँजीको पूर्वाधार विकास कोष प्रस्ताव

    सरकारले तीन दशकभन्दा पुरानो नगर विकास कोष ऐन, २०५३ खारेज गरी त्यसको स्थानमा १ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको ‘पूर्वाधार विकास कोष’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकास मन्त्रालयले नयाँ कानुन निर्माणका लागि ‘पूर्वाधार विकास कोष सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को अवधारणापत्र तयार गरी…

  • बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो धक्का, १३०३ मेगावाटसम्म असर

    बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो धक्का, १३०३ मेगावाटसम्म असर

    अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण, वितरण तथा उत्पादन प्रणालीमा ठूलो असर पारेको छ । प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजनाको उत्पादन र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि पोखरा, बुटवल, हेटौंडा तथा काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका…

  • सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश, कहिलेसम्म शेयर किन्नेले पाउँछन् ?

    सिद्धार्थ बैंकको २० प्रतिशत लाभांश, कहिलेसम्म शेयर किन्नेले पाउँछन् ?

    सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले…

  • चाडपर्वमा एक्सपेङ जी-६ खरिद गर्दा १२ लाखसम्मको छुट, घरमै टेस्ट ड्राइभको सुविधा

    चाडपर्वमा एक्सपेङ जी-६ खरिद गर्दा १२ लाखसम्मको छुट, घरमै टेस्ट ड्राइभको सुविधा

    नेपालीहरूको महान् चाडपर्वको शुभ अवसरलाई लक्षित गर्दै प्रिमियम विद्युतीय सवारीसाधन ब्रान्ड एक्सपेङले नेपाली बजारमा 'सेलीब्रेसन अपग्रेड' नामक आकर्षक योजना सार्वजनिक गरेको छ। चाडपर्वमा नयाँ गाडी खरिद गर्ने ग्राहकको चाहनालाई ध्यानमा राख्दै कम्पनीले १२ लाख रुपैयाँसम्मको ठूलो छुट अफर अघि सारेको हो। प्रिमियम ईभी पारखीहरूका लागि यो योजना निकै लाभदायक र…

Scroll to Top