कोशीमा सत्ता फेरबदल : एमालेभित्रै नेतृत्व विवाद, संवैधानिक प्रक्रियाले रोक्छ मुख्यमन्त्री परिवर्तन
विराटनगर। कोशी प्रदेश सरकारको नेतृत्व फेरिने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको भए पनि तत्काल मुख्यमन्त्री परिवर्तन हुने सम्भावना भने कमजोर देखिएको छ। नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा कोशी प्रदेश एमालेको भागमा पर्ने सहमति बनेको चर्चा भइरहेका बेला पार्टीभित्रको मतभेद र संविधानले तय गरेको प्रक्रिया परिवर्तनको मुख्य बाधक…

