Banijya News

समाचार

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ पोखरामा

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने नारासहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ पोखरामा

व्यवसाय सुरु गर्ने चाहना हुँदाहुँदै पनि लगानी, ऋण, बजार र व्यावसायिक जोखिमका कारण अन्योलमा परेका युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले […]

भक्तपुर क्यान्सर अस्पताल : सामाजिक योगदानको अवमूल्यन गर्दै सरकारी नियन्त्रण मात्र पर्याप्त हुँदैन

भक्तपुर क्यान्सर अस्पताल : सामाजिक योगदानको अवमूल्यन गर्दै सरकारी नियन्त्रण मात्र पर्याप्त हुँदैन

— लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ भक्तपुर क्यान्सर अस्पताल आज देशकै महत्वपूर्ण क्यान्सर उपचार केन्द्रमध्ये एकका रूपमा स्थापित छ । यहाँ देशका विभिन्न जिल्ला र दुर्गम क्षेत्रबाट आउने बिरामीले उपचार सेवा लिइरहेका छन् । तर यो अस्पतालको वर्तमान अवस्थालाई केवल सरकारी स्वामित्व र प्रशासनिक संरचनाको दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन । यसको…


  • आईजीपी दानबहादुर कार्की किन भए पदमुक्त ?

    आईजीपी दानबहादुर कार्की किन भए पदमुक्त ?

    सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको हो। सरकारले यसलाई कारबाही नभई जिम्मेवारी हेरफेरका रूपमा व्याख्या गरे पनि पछिल्लो समय प्रहरी संगठनभित्र…

  • सामान्य अंक बढ्यो नेप्से, ७ अर्ब ४३ करोडको शेयर खरिदबिक्री

    सामान्य अंक बढ्यो नेप्से, ७ अर्ब ४३ करोडको शेयर खरिदबिक्री

    नेप्से परिसूचक बुधबार सामान्य अंक बढेर बन्द भएको छ । हिजो मंगलबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज बुधबार १.४० अंक बढेर २६६५.५३ विन्दुमा पुगेको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक घटेको छ । १३…

  • माया खोला हाइड्रोपावरको नाफा १२४ प्रतिशतले बढ्यो

    माया खोला हाइड्रोपावरको नाफा १२४ प्रतिशतले बढ्यो

    माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २ करोड ८४ लाख…

  • आईजीपीबाट दानबहादुर कार्की हटाइए, मनोज केसी नियुक्त

    आईजीपीबाट दानबहादुर कार्की हटाइए, मनोज केसी नियुक्त

    सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको नेतृत्वमा कार्यरत छन् । मन्त्रिपरिषद् स्रोतका अनुसार, हालका प्रहरी…

  • कम्पनीलाई पुरानो कर र जरिवाना मिनाहा हुने सुविधा पुस मसान्तसम्म

    कम्पनीलाई पुरानो कर र जरिवाना मिनाहा हुने सुविधा पुस मसान्तसम्म

    कम्पनीहरुले विगतका आर्थिक वर्षमा तिर्न बाँकी कर, शुल्क, दस्तुर तथा जरिवाना बुझाउने म्याद पुस मसान्तसम्म थप गरिएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै यस्तो सुविधा चालु आर्थिक वर्ष २०८३/८४ को पुस मसान्तसम्म उपलब्ध हुने जनाएको हो । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई सञ्चालनमा रहेका कम्पनीहरुले कारोबारलाई निरन्तरता…

  • सानिमा मिडिल तमोरको खुद नाफा दोब्बरले वृद्धि

    सानिमा मिडिल तमोरको खुद नाफा दोब्बरले वृद्धि

    सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा दोब्बर बढेको छ । समीक्षा अवधिमा कम्पनीले ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०८२/८३…

  • परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

    प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा आज काठमाडौं आइपुगेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैदेखि भेटघाट थालेका छन् । काठमाडौं आएलगत्तै विदेश सचिव मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले…

  • एनआईसी एसिया बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति

    एनआईसी एसिया बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति

    नेपाल धितोपत्र बोर्डले एनआईसी एसिया बैंकलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई १ः०.५० अनुपातमा राइट सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता राइट सेयर…

  • माण्डु हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

    माण्डु हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

    माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयरबापतको १३ लाख ६३ हजार ६३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत सेयर कारोबारयोग्य भए पनि सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै खरिदबिक्री…

  • रिज लाइन इनर्जीले १२ करोड ४७ लाख नगद लाभांश वितरण गर्ने

    रिज लाइन इनर्जीले १२ करोड ४७ लाख नगद लाभांश वितरण गर्ने

    रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको कात्तिक १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई उक्त रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका…

Scroll to Top