भोटेकोशी बाढीपछि चौथो दिनमै सडक पुनःस्थापनाको ठेक्का प्रक्रिया सुरु
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम जारी रहेकै अवस्थामा सरकारले पुनर्निर्माणलाई समेत उच्च प्राथमिकताका साथ अगाडि बढाएको छ। बाढीले क्षतिग्रस्त बनाएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पुनःस्थापनाका लागि सरकारले विपद् भएको चौथो दिनमै ठेक्का प्रक्रिया सुरु गरेको हो। यसलाई विपद्पछिको पुनर्निर्माणमा देखिएको असाधारण सरकारी सक्रियताका रूपमा हेरिएको…

