Banijya News

अर्थनीति

खुला चामल, दाल र गेडागुडी बिक्रीमा रोक लगाउने सरकारको तयारी

खुला चामल, दाल र गेडागुडी बिक्रीमा रोक लगाउने सरकारको तयारी

सरकारले चामल, दाल, गेडागुडीजस्ता खाद्यान्न खुला रूपमा बिक्री गर्न नपाइने व्यवस्था गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर कायम गर्नुका […]

भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

नेपालकै ठूलो खुद्रा व्यापार चेनका रूपमा परिचित भाटभटेनी सुपरस्टोरले आफ्नो सेवा विस्तार गर्दै चौबिसै घण्टा सञ्चालन हुने व्यवस्था सुरु गरेको छ। कम्पनीले भक्तपुरको राधेराधेस्थित आफ्नो सुपरस्टोरलाई आजदेखि २४ घण्टा खुला राख्ने निर्णय गरेको हो। भाटभटेनीका अनुसार चौबिसै घण्टा स्टोर सञ्चालन गर्नुको मुख्य उद्देश्य उपभोक्तालाई आफ्नो अनुकूल समयमा सहज रूपमा किनमेल…


  • ऊर्जा विकासमा ढिलाइ गर्ने छुट नभएको निजी क्षेत्रको धारणा

    ऊर्जा विकासमा ढिलाइ गर्ने छुट नभएको निजी क्षेत्रको धारणा

    नेपाल अहिले जनसांख्यिक लाभलाई आर्थिक विकासमा रूपान्तरण गर्ने महत्वपूर्ण चरणमा रहेको भन्दै ऊर्जा क्षेत्रको विकासलाई तीव्रता दिनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । उपलब्ध युवा जनशक्तिको अधिकतम उपयोग गर्न अबको समय निर्णायक रहेको र आगामी दुई दशकपछि जनशक्तिमा बुढ्यौलीपन सुरु हुने भएकाले ऊर्जा क्षेत्रलाई विकासको प्रमुख आधार बनाउनुपर्ने निजी क्षेत्रको…

  • कानुनी बाटोबाट डेडिकेटेड र ट्रंक लाइन विवाद टुंग्याइने ऊर्जामन्त्रीको आश्वासन

    कानुनी बाटोबाट डेडिकेटेड र ट्रंक लाइन विवाद टुंग्याइने ऊर्जामन्त्रीको आश्वासन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले वर्षौँदेखि विवादमा रहेको डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौता समस्या कानुन र विधिको आधारमा स्थायी रूपमा समाधान गरिने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्थापनाको ४१औँ वर्ष पूरा भएको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले विवादलाई राजनीतिकरण नगरी कानुनी…

  • राजस्व संकलन ८.२५ प्रतिशत बढ्यो, ९२ अर्ब २२ करोड माथि रुपैयाँ राजस्व संकलन

    राजस्व संकलन ८.२५ प्रतिशत बढ्यो, ९२ अर्ब २२ करोड माथि रुपैयाँ राजस्व संकलन

    चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको छ। अर्थ मन्त्रालयको तथ्यांकअनुसार साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो। गत आर्थिक वर्षको साउनमा सरकारले ८५ अर्बभन्दा बढी राजस्व उठाएको थियो। यस…

  • भृकुटीमण्डपमा जारी मोबिलिटी एक्स्पो आज सकिँदै, पाँच दिनमै डेढ लाखभन्दा बढी दर्शक

    भृकुटीमण्डपमा जारी मोबिलिटी एक्स्पो आज सकिँदै, पाँच दिनमै डेढ लाखभन्दा बढी दर्शक

    काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा अपेक्षाभन्दा उत्साहजनक रूपमा अवलोकनकर्ताको सहभागिता देखिएको आयोजकले जनाएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २६ गतेदेखि सुरु भएको दोस्रो संस्करणको एक्स्पो…

  • ग्यास अभावमा उपभोक्तालाई राहत दिन काठमाडौंका सात स्थानबाट आज सिलिण्डर बिक्री

    ग्यास अभावमा उपभोक्तालाई राहत दिन काठमाडौंका सात स्थानबाट आज सिलिण्डर बिक्री

    खाना पकाउने एलपी ग्यासको अभावका कारण समस्या झेलिरहेका काठमाडौं उपत्यकाका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज राजधानीका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा ग्यास उद्योगीहरूसँगको समन्वयमा ग्यास बिक्रीको व्यवस्था मिलाएको जनाएको छ। नियमित बिक्री केन्द्रबाट आवश्यक मात्रामा ग्यास प्राप्त…

  • अत्यावश्यक उपभोक्तालाई निगमले बेच्यो ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास

    अत्यावश्यक उपभोक्तालाई निगमले बेच्यो ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास

    नेपाल आयल निगमले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै शनिबार ६ हजार ८०२ सिलिन्डर ग्यास प्रत्यक्ष बिक्री गरेको छ। बजारमा ग्यासको अभाव देखिएपछि निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरी प्रत्यक्ष रूपमा सिलिन्डर बिक्री गरेको हो। निगमका अनुसार शनिबार…

  • निजी क्षेत्रको आवाज नीतिनिर्माणको केन्द्रमा राख्न एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह

    निजी क्षेत्रको आवाज नीतिनिर्माणको केन्द्रमा राख्न एफएनसीसीआई अध्यक्ष श्रेष्ठको आग्रह

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले ऐन–नियम तर्जुमा गर्दा निजी क्षेत्रलाई केवल औपचारिकताका लागि मात्र सहभागी नगराई नीतिनिर्माणको साझेदार बनाउन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रसँग पर्याप्त छलफल नगरी कानुन…

  • ३० हजार मेगावाट विद्युत् उत्पादन धान्न ६ खर्बको प्रसारण पूर्वाधार निर्माण

    ३० हजार मेगावाट विद्युत् उत्पादन धान्न ६ खर्बको प्रसारण पूर्वाधार निर्माण

    सरकारले सन् २०४० सम्मको विद्युत् प्रसारण प्रणाली विकासलाई समेट्ने १५ वर्षे प्रसारण प्रणाली लगानी गुरुयोजना तयारीको अन्तिम चरणमा पुर्‍याएको छ । सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर तयार भइरहेको गुरुयोजनाले उत्पादन भएको विद्युत् आन्तरिक बजारमा खपत गराउनुका साथै अन्तरदेशीय व्यापारका लागि आवश्यक प्रसारण पूर्वाधार…

  • ३०–५५ अवकाश प्रावधानले अर्बौंको वित्तीय भार बढाउन सक्ने, संघीय निजामती विधेयक फेरि अलमलमा

    ३०–५५ अवकाश प्रावधानले अर्बौंको वित्तीय भार बढाउन सक्ने, संघीय निजामती विधेयक फेरि अलमलमा

    लामो समयदेखि छलफल र कानुनी परीक्षणमा रहेको संघीय निजामती सेवा विधेयक कार्यान्वयनका क्रममा सिर्जना हुने वित्तीय दायित्वका कारण फेरि अलमलमा परेको छ । विधेयकमा प्रस्ताव गरिएको ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रावधानले राज्यकोषमा अर्बौं रुपैयाँको अतिरिक्त भार पार्ने देखिएपछि अर्थ…

  • सस्तो बैंक कर्जा तर ऋण तिर्न आईपीओ, लगानी कति सुरक्षित छ ?

    सस्तो बैंक कर्जा तर ऋण तिर्न आईपीओ, लगानी कति सुरक्षित छ ?

    बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेसँगै कर्जाको ब्याजदर घटेर ६.६४ प्रतिशतसम्म झरेको अवस्थामा पनि सर्वसाधारणबाट पुँजी जुटाउन खोज्ने कम्पनीको संख्या घटेको छैन । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा परेको पछिल्लो आवेदन सूचीअनुसार आईपीओ निष्कासनका लागि करिब १०४ कम्पनी प्रक्रियामा छन् । बैंकबाट तुलनात्मक रूपमा सस्तो ब्याजदरमा कर्जा उपलब्ध भइरहेको समयमा पनि…

Scroll to Top