चमेलिया–जौलजिवी प्रसारण लाइन २०२७ भित्र सक्ने सहमति
नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) को १७औं बैठकमा विद्युत् आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण र नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सहमति भएको छ । बैठकले नेपाल र भारतले आआफ्ना तर्फबाट चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेका थिए । दुवै देशले उक्त प्रसारण…

